Comments Add Comment

प्रधानन्यायाधीश राणाको निर्देशनः दीपकराजलाई सपथ र स्वागतमा सहभागी नगराउनू

१८ पुस, काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत भएका विवादस्पद न्यायाधीश दीपकराज जोशीलाई न्याय सम्पादनको कामबाट अलग राख्ने संकेत गरेका छन् ।

राणाले अहिले केहीबेरमा राष्ट्रपति भवन शीतलनिवासमा हुने आफ्नो सपथग्रहण समारोहमा जोशीलाई सहभागी नगराउन सर्वोच्च प्रशासनलाई निर्देशन दिएको उच्च स्रोतले जनाएको छ ।

बिहान सवा १० बजे राष्ट्रपतिबाट प्रधान न्यायाधीश राणाले पद तथा गोपनियताको सपथ लिदैछन् ।

राणाले सर्वोच्च अदालतमा हुने प्रधानन्यायाधीशको स्वागत कार्यक्रममा समेत जोशीलाई सहभागी नगराउन मुख्य रजिष्ट्रार राजन भट्टराईलाई मौखिक आदेश दिएको प्रशासन स्रोतले जनाएको छ ।

स्रोतका अनुसार आजैबाट राणाले जोशीलाई बेच्न पनि नतोक्ने भएका छन् । संसदीय सुनुवाईका क्रममा समितिका सदस्य योगेश भट्टराई लगायतले संसदबाट अस्वीकृत भएका न्यायाधीशलाई के गर्नुहुन्छ ? भन्ने प्रश्न गरेका थिए ।

राणाले संविधान र संसदीय सर्वोच्चतालाई आफूले सम्मान गर्ने जवाफ दिएका थिए । सोहीवमोजिम संसदीय सुनुवाईबाट प्रधानन्यायाधीशमा अस्वीकृत भई न्यायाधीश हुने योग्यता र क्षमतामा प्रश्न उठको जोशीलाई न्यायिक प्रक्रियाबाट अलग गर्न लागिएको राणा निकट स्रोतले जनाएको छ ।

जोशीलाई यसअघि ओमप्रकाश मिश्र प्रधानन्यायाधीश भएपछि केही दिन इजलास तोकिएको थिएन । तर, केही समयपछि ठूला राजश्व छलीलगायत आर्थिक चलखेलका मुद्दा जोशीलाई लगायत आर्थिक मामिलामा कमजोर न्यायाधीशहरुको इजलासमा पारेपछि मिश्रमाथि बेन्च सपिङको आरोप लागेको थियो ।

जोशी बरिष्ठ न्यायाधीशका रुपमा रहुञ्जेल न्यायपरिषद बैठकमा नबस्ने कानुनमन्त्री भानुभक्त ढकालको अडानका कारण यसबीचमा परिषद बैठकसमेत बसेन ।

स्रोतका अनुसार जोशीमाथि पुनः राजीनामाको दबाव परेको छ । उनले राजीनामा नदिएमा प्रधानन्यायाधीश राणाले निकास खोज्ने स्रोतले अनलाइनखबरलाई बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment