Comments Add Comment

पाँच हजार घुससहित घरेलुका प्रशिक्षक पक्राउ

१८ पुस, काठमाडाैं । घरेलु तथा साना उद्योग कार्यालय, काठमाडौंका प्रमुख प्रशिक्षक सरिफा पन्तसहित दुईजना पाँच हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिएको टोलीले सेवाग्राहीसँग घुस रकम लिएको सूचनाका अधारमा पन्त र अर्का एकजना विचाैलिया खगेन्द्र बोहोरालाई पक्राउ गरेको हो ।

पन्तले सोही कार्यालयमा विचाैलियाको काम गर्ने खगेन्द्रले काम गराइदिने भन्दै सेवाग्राहीबाट घुस लिएको अख्तियारले जनाएको छ ।

उनीहरूले घरेलु उद्योग दर्ताको लागि घरधनीको नागरिकता प्रमाणपत्र नरहेकोले लाहाछाप लगाउने उद्योगको अनुमति दिन नमिल्ने भन्दै स्रवाग्राहीबाट घुस लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment