Comments Add Comment

प्रधानमन्त्रीले भने : मेलम्ची आयोजना जापानी कारझैं दौडिरहेको छ

१९ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजना तीब्रताका साथ अघि बढिरहेको बताएका छन् ।

ललितपुरको बालकुमारी फोहोरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्दै प्रधानमन्त्री मेलम्ची आयोजना चिल्लो सडकमा जापानी कार दौडिएजस्तो अघि बढिरहेको दावी गरे ।

‘मेलम्ची आयोजनाले २७ वर्ष चिप्लेकिराको गतिमा हिँड्यो । यो वर्ष त्यसरी हिँड्न पाएको छैन । जापानी कार चिल्लो बाटोमा हिँडेजस्तो हिडेको छ । यसबीचमा तीब्र गति लिएको छ’ प्रधानमन्त्री ओलीले भने ।

उनले मेलम्ची आयोजना निर्माण गरिरहेको इटालीयन कम्पनी सीएमसीले नै बाँकी काम गर्ने बताए । ‘उनीहरुको पनि प्रतिवद्धता छ, कम्पनीको प्रतिष्ठाको कुरा छ, काम हुन्छ भन्नेमा म विस्वस्त छु’ उनले भने ।

इटालीयन कम्पनीले काम छाडेर हिँडे पनि प्रधानमन्त्रीले भने आयोजना तीब्र गतिमा अघि बढिरहेको बताएका हुन् ।

मेलम्ची आयोजनामा पछिल्लो समयमा केही अन्योलजस्तो देखिए पनि सरकारले जुनसुकै अवस्थामा पनि अगाडि बढाउने  उनले दावी गरे । ‘अन्योल देखिए पनि अन्योल मान्नुपर्ने कुनै आवश्यकता छैन । जुनसुकनै अवस्थामा अगाडि बढाउँछौं । समयभित्र अगाडि बढाउछौं । हप्ता १५ दिनको तलमाथि होला आयोजना अगाडि बढ्छ’ प्रधानमन्त्री ओलीले भने ।

यो पनि पढ्नुहोस मेलम्चीमा प्रधानमन्त्रीलाई कसले राख्यो गुमराहमा ? यो पनि पढ्नुहोस अड्कियो मेलम्चीको पानी, ठेकदारबाट फेरि धोका ! यो पनि पढ्नुहोस मेलम्चीमा फर्कन इटालियन कम्पनी तयार, दूतावासले जिम्मा लियो सीएमसीका कामदार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment