+
+
Shares

‘क्रिकेट क्लिनिक’मा बालबालिकासँग यसरी रमाए पारस खड्का

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २२ गते ८:२३

सिड्नी । नयाँ वर्षको आगमनसँगै अस्ट्रेलियामा नेपाली क्रिकेट प्रत्येक परिवारको कुराकानीको विषय भएको छ । खासगरी अस्ट्रेलियाका नेपाली क्रिकेट प्रेमीहरुसँग बलियो नाता गाँस्न यहाँ आइपुगेका नेपालको राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का सहितको टोलीले बिभिन्न शहरमा क्रिकेट क्लिनिक सञ्चालन गरिरहेको छ ।

यसैक्रममा आइतबार सिड्नीमा नेपाली क्रिकेट प्रेमीहरुका लागि क्रिकेट महोत्सव आयोजना गरिएको छ । महोत्सवका क्रममा सिकारुहरुका लागि क्रिकेट क्लिनिकको आयोजना गरिएको छ ।

आयोजक संस्था एक्सपोर्ट एजुकेसन तथा भिसा सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत सन्जीब शर्माका अनुसार आइतबार बिहान साढे नौ बजेदेखि साढे दश बजेसम्म अस्ट्रेलियामा हुर्किरहेका नेपाली बालबालिकाहरुको लागि क्रिकेट क्लिनिक आयोजना भएको हो । जसमा नेपाली बालबालिकाहरु कप्तान पारस खड्कासँगै क्रिकेट खेलेका छन् । बालबालिकाहरु क्रिकेट खेलका बिभिन्न सिपहरु सिक्न उत्सुक देखिए ।

बालबालिकाहरुलाई ब्याट हस्तान्तरण 

एक घण्टा नेपाली युवाहरुका लागि क्रिकेट क्लिनिक रहने छ । मध्याह्न खेल मैदानमा हल्का वर्षा भएकाले क्लिनिक प्रभावित भएपनि सबैका लागि छाता वितरण गरिएको छ र खेल दिनभर चल्ने आयोजकले जनाएको छ ।

मध्याह्नदेखि तीन बजेसम्म बिभिन्न शहरबाट आएका क्रिकेट क्लबहरुबीच अन्तिम खेल हुनेछ । जसमा कप्तान पारस खड्का, दिपेन्द्र सिंह ऐरी, सुवास प्रधान लगाएतका नेपालको राष्ट्रिय टिमका खेलाडीले अस्ट्रेलियामा मेहनत गरिरहेका नेपाली क्रिकेट खेलाडीहरुलाई प्रोत्साहन गर्ने छन् ।

अपरान्ह तीन बजेदेखि एक घण्टा नेपाली क्रिकेटका कप्तानसँग भेटघाट तथा शुभकामना आदान प्रदान गरिने छ । जसमा कप्तान खड्कासहितका क्रिकेटहरुले हस्ताक्षर भएको ब्याट र हृयाट नेपाली क्रिकेट प्रेमीहरुलाई उनकै हातबाट प्रदान गरिने छ ।

गत शुक्रबार पनि सिड्नीमा झन्डै एक सय नेपाली क्रिकेट प्रेमीहरुले कप्तान पारस खड्का सहितको टिमसँग भेटघाट गरेका थिए र नमूना ब्याट र हृयाट प्राप्त गर्दै फर्केका थिए ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनका एक्सपोर्ट एजुकेसन तथा भिसा सर्भिसका निर्देशक बद्रि अर्यालले नेपाली क्रिकेटको बिकासका लागि आफूहरुले इँटा थप्न चाहेको बताए । उनले भने, ‘हामीले संयोजन गरेपनि यो समग्र अस्ट्रेलियाबासी नेपालीको क्रिकेटप्रतिको सम्मान हो ।’

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले अस्ट्रेलियामा भएका नेपाली क्रिकेट प्रेमीहरुसँग भेट्न पाउँदा निकै खुशी लागेको बताए । उनले भने, ‘निजी क्षेत्रले पनि नेपालको क्रिकेटको बिकास र अन्तर्राष्ट्रिय रुपमा प्रवर्द्धनमा योगदान गर्न सक्छ भन्ने यो उदाहरण हो ।’

आगामी एक दशकमा नेपालको क्रिकेटले ठूलो फड्को मार्ने विश्वास व्यक्त गरेका कप्तान खड्काले नेपालमा सन्दीप लामिछाने जस्ता क्रिकेटका धेरै प्रतिभाहरु जन्मिरहेको बताए ।

उनको टिमले अस्ट्रेलिया भ्रमणका क्रममा यहाँका क्रिकेट भिक्टोरिया र क्रिकेट न्यू साउथ वेल्सका प्रतिनिधिहरुसँग पनि भेटेको छ । भेटमा नेपालको क्रिकेटको विकासका लागि छलफल भएको बताइएको छ ।

आइतबारको सिड्नीको अधिकतम तापक्रम पनि २५ डिग्रीभन्दा कम हुने भएकाले दिनभर इर्लवूडस्थित बिमन पार्कमा आयोजना हुने नेपाली क्रिकेट महोत्सव निकै रमाइलो अनुमान छ । यसअघि मेलबर्नमा आयोजित क्रिकेट महोत्सव निकै सफल भएको थियो । अस्ट्रेलियाको नेपाली समाजका अगुवा डा नारायण प्रधानले आफू नेपालबाट क्रिकेटका कप्तान आएको सुनेर हेर्न आएको बताए । मध्याह्न क्रिकेट क्लब बि्रसबेन र भिक्टोरियाबीच भैरहेको खेलमा पारस खड्काले ब्रिसबेनका तर्फबाट खेल्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?