Comments Add Comment

आईपीएल २३ मार्चबाट भारतमै हुने पक्का

२४ पुस, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) २०१९ भारतमै हुने भएको छ ।

आम चुनावका कारण आईपीएल हुने नहुनेबारे शंसय थियो । तर, भारतीय क्रिकेट कन्ट्रोेल बोर्ड (बीसीसीआई)ले २३ मार्चबाट आईपीएल हुने जानकारी दिएको छ ।

संघ र प्रदेशका अधिकारीहरुसँग छलफल गरेर प्रशासनिक समितिले मिति र स्थान तय गरेको उसले बतँएको छ । यसअद्धि २००९ र २०१४ मा चुनाव भएका बेला आईपीएलको केही खेल दक्षिण अफ्रिका र युएईमा खेलाइएको थियो ।

यो सिजन आईपीएलका लागि अर्को चुनौती विश्वकप हुनेछ, जुन आईपीएल सकिएको केही सातापछि ३० मेबाट इंग्ल्याण्डमा हुनेछ । यसले आईपीएलमा राम्रा विदेशी खेलाडीहरु अनुपस्थित हुन सक्ने सम्भावना पनि देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment