Comments Add Comment

आगमन र बहिर्गमनको रेकर्ड राख्न आफैं सफ्ट्वेयर बनाउँदै अध्यागमन

२५ पुस, काठमाडौं । अध्यागमन विभागले विदेशी सफ्टवेयर ‘इमी’लाई प्रतिस्थापन गर्न नेपाली सफ्यवेर विकास गरिरहेको जनाएको छ । त्यसका लागि नेपाली आईटी इञ्जिनियरले ‘नेपाली पोर्ट’ नामक नयाँ सफ्ट्वेयर विकास गरिरहेका हुन् ।

विभागका महानिर्देशक ईश्वरराज पौडेल भन्छन्, ‘विदेशी नागरिकको आगमन र नेपाली नागरिकको बर्हिगमनको वैज्ञानिक ढंगले रेकर्ड राख्नका लागि यो सफ्ट्वेयरको विकास गरिएको हो ।’ उनका अनुसार सफ्ट्वेयरको विकासका लागि तीनजना इञ्जिनियर खटिएका छन् । उनीहरु पुल्चोकस्थित इञ्जिनियरिङ कलेजका प्राडक्ट हुन् ।

साइबर सुरक्षालाई ध्यान दिँदै अहिले प्रचलित सफ्ट्वेयरलाई नयाँले विस्थापित गर्न लागेको विभागको भनाइ छ । त्यसमा बायोमेटि्रक विवरणसहितको सूचना प्रणाली पनि जडान गरिनेछ ।

यो पनि पढ्नुहोस हिल्सा र पशुपतिनगरपछि विराटनगरमा अध्यागमन कार्यालय राखिँदै

त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन र प्रस्थान कक्षमा पनि अत्याधुनिक डेस्कको स्थापना गरिने पनि जनाइएको छ । अध्यागमनमै कार्यरत आर्टिटेक इञ्जिनियर प्रज्ञा ढकालको डिजाइनमा नयाँ डेस्क स्थापना गर्न लागिएको हो ।

उनले आफूले विमानस्थलमा ५ महिना काम गर्दा भोगेको अनुभव, अफ्ठ्यारा र सजिलालाई मध्यनजर गरेर डिजाइन तयार पारिएको जनकारी दिइन् ।

यो पनि पढ्नुहोस चार महिनामा ८४ विदेशी नागरिकलाई देश निकाला यो पनि पढ्नुहोस चार महिनामा ८४ विदेशी नागरिकलाई देश निकाला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment