Comments Add Comment

आगलागी पीडितलाई प्रदेश सांसदले दिए एक महिनाको तलब

२६ पुस, डडेल्धुरा । अमरगढी सदरमुकाम बागबजारका आगलागी पीडितका लागि प्रदेश सांसद कर्णबहादुर मल्लले एक महिनाको तलब दिएका छन् ।

कांग्रेसको डडेल्धुरा जिल्ला सभापति समेत रहेका मल्लले एक महिनाको तलबबापत ४१ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

बिहीबार अग्निपीडितसँगको छलफलमा सांसद मल्लले अग्निपीडितको पुनस्र्थापनाका लागि सुदूरपश्चिम प्रदेशबाट प्रति व्यवसायी १ लाख राहत र व्यापार स्थापनाका लागि उचित स्थानका लागि प्रदेश सरकारसँग छलफल गर्ने बताएका छन् ।

राहतका लागि प्रदेशमा मात्र नभइ केन्द्रमा समेत पहल गर्ने उनले जानकारी दिए । नेपाली काग्रेसका पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला भएका कारण राहत केन्द्रबाट समेत आउने मल्लले आश्वासन दिए ।

गत साता लगातार भएको आगजनीका कारण सदरमुकामको बागबजारमा ठूला साना गरी १६ वटा पसल र १ घर ध्वस्त हुँदा डेढ करोडको क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment