+
+
Shares

हार्दिकसँगै कारबाहीमा तानिए केएल राहुल

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २६ गते १९:३४

२६ पुस, काठमाडौं । भारतीय क्रिकेट टिमका खेलाडी हार्दिक पाण्ड्या र केएल राहुललाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले कारबाहीको तयारी थालेको छ ।

एक टेलिभिजन कार्यक्रममा हार्दिक पाण्ड्याले दिएको अभिव्यक्ति विवादित बनेपछि उनीविरुद्ध छानविन सुरु गरिएको थियो । जसमा अर्का अथिति केएल राहुल थिए ।

बीसीसीआईले कारबाही गर्ने पक्कापक्की भइसके पनि कतिसम्मको कारबाही गर्ने भन्ने बारे छलफल चलिरहेको क्रिकइन्फोले उल्लेख गरेको छ ।

टेलिभिजन कार्यक्रममा पाण्ड्याले आफ्नो परिवार यौनको मामलामा अत्यन्तै उदार रहेको बताउँदै केही उदाहरण पनि सुनाएका थिए । जुन निकै विवादित बन्न पुग्यो । पाण्ड्याले आफ्नो भनाई विवादित बनेपछि माफि मागेको भए पनि त्यसले बीसीसीआई सन्तुष्ट बनेको देखिँदैन ।

छानबिनमा रहेको बीसीसीआई प्रशासकीय समितिमा सदस्यहरु कोहीले दुई खेलको प्रतिबन्ध लगाउनुपर्ने पक्षमा कुरा गरिरहेका छन् भने कोहीले आर्थिक जरिवाना पनि गराउनुपर्ने बताइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?