Comments Add Comment

‘रणवीर’मा बेजोड एक्सन, सुशिल र प्रशान्तको खतरनाक भिडन्त

नायक सुशिल सिटौलालाई दर्शकले कमेडी चलचित्रमा हेर्दै आएका थिए । तर, अब उनलाई दर्शकले एक्सन अवतारमा रुचाउने संभावना देखिएको छ । माघको १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रणवीर’मा सुशिलले आफूलाई एक्सन अवतारमा पूर्ण रुपमा ढालेका छन् ।

चलचित्रको ट्रेलरमा सुशिलको मिहिनेत देखिएको छ । उनको साथमा चलचित्रमा प्रशान्त ताम्राकारलाई देख्न सकिनेछ । प्रशान्त र सुशिलको भिडन्त गज्जबको छ । चलचित्रमा टिका पहारी, नरेश पौडेल, रवि गिरी, सुभेच्छा खड्का, सुपुष्पा भट्टको मुख्य भूमिका छ ।

यो चलचित्रमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको छ । केही चलचित्रमा सह–निर्देशकको रुपमा काम गरेका भण्डारीले केही नयाँ कथामा चलचित्र बनाएको बताए । चलचित्रमा दिपेन्द्र रेग्मी र गोमा थापाको लगानी छ । चलचित्रमा चन्द्र पन्तको एक्सन छ । चन्द्रको एक्सन निर्देशनको जादु ट्रेलरमा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment