२९ पुस, हुम्ला । हुम्लामा पछिल्लो समय ठूलो मात्रामा चाइनिज रक्सी भित्रिने गरेको खुलेको छ । पछिल्लो समय ठूलो परिमाणमा प्रहरीले चाइनिज मदिरा बरामद गरेको छ ।
तीन महिनाको अवधिमा तीन हजार ८६ कार्टनु मदिरा बरामद भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।
चंखेली गाउापालिका-५ को टााके नाकाबाट सबैभन्दा धेरै दुई हजार ९०८ कार्टुन र सिमकोट गाउापालिका-५ च्वाखोलाबाट १६० कार्टुन चिनियाँ मदिरा झिनिगिन्टी बरामद गरेको हो ।
पछिल्लो समय गत पुस २७ गते सदरमुकाम सिमकोटस्थित तीनधारा नजिकको पाखो बारीबाट १५ कार्टुन २ बोतल झिनिगिन्टी र ४२ बोतल चिनियाँ क्यान बियर बरामद गरेका थियो ।
उक्त मदिरा आइतबार मात्रै नष्ट गरेको छ । तर, मदिरा बरामद गरी नष्ट गर्ने गरेपनि प्रहरीले व्यापारी को हो भन्ने खुलाएको छैन । चाइनिज मदिरा बेवारिसे अवस्थामा भेटिएको प्रहरीले दावी गर्ने गरेको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक हरिहर खड्काले भने हालसम्म बेवारिसे अवस्थामै मदिरा भेटिने गरेको दावी गरे ।
प्रहरीले देख्ने बित्तिकै मदिरा व्यापारीहरु भागिहाल्ने भन्दै उनले आफू सदरमुकाम सिमकोटमा आउादासम्म बेवासरिसे अवस्थामै भेटिएको उनले बताए ।
स्थानीय ब्यापारीहरुले भने प्रहरीकै संलग्नतामा चाइनिज मदिरा भित्रिएको आरोप लगाउादै आएका छन् ।
प्रतिक्रिया 4