Comments Add Comment

महाकाली नदीमा र्‍याफ्टिङ्गको सम्भावना परीक्षण

३० पुस, डडेल्धुरा । महाकाली नदीमा साहसिक जलयात्रा र्‍याफ्टिङ्ग सुरु गरिएको छ । नदीमा आइतबार पहिलोपटक र्‍याफ्टिङ्ग सम्भावना परीक्षण गरी र्‍याफ्टिङ्ग सुरु गरिएको हो । परशुराम नगरपालिकाले सम्भावना परीक्षण गरी धार्मिक महामहोत्सव अवधिभर र्‍याफ्टिङ्ग सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ ।

महाकाली नदी किनारमा रहेका चार धाममध्येको एकधाम परशुरामधामलाई धार्मिक सर्किटसँग जोड्न पहिलोपटक आयोजना गरेको धार्मिक महामहोत्सव तथा अन्य समयमा पनि यस क्षेत्रमा पर्यटक भित्र्याउन र्‍याफ्टिङ्ग सुरु गरेको नगर प्रमुख भीमबहादुर साउदले बताए ।

आइतबार नगर प्रमुख साउदले र्‍याफ्टिङ्ग गर्दै महोत्सव अवधिभर जलयात्रा र्‍याफ्टिङ्ग सञ्चालन गरिने बताए । परशुराम नगरपालिका–५ को कल्पट्टेबाट र्‍याफ्टिङ्ग सुरु गरिएको थियो । कलपट्टेबाट परशुरामधाम रहेको स्थान बाङघाटसम्म ४.५ किलोमिटरको जलयात्रा सुरु गरिएको नगप्रमुख साउदले बताए । धार्मिक पर्यटकलाई जलयात्राको भरपुर मनोरञ्जन दिन र्‍याफ्टिङ्ग सुरु गरिएको हो ।

नदीमा कर्णाली टुर एण्ड ट्राभल्सले र्‍याफ्टिङ्ग परीक्षण गरी दुईवटा वोट सञ्चालनमा ल्याएको छ । ‘हामीले सम्भावना अध्ययन गर्न वोट परीक्षण गर्‍यौं’, कर्णाली टुर एण्ड ट्राभल्सका सञ्चालक देवराज जैशीले भने, ‘एकदमै सुरक्षित रुट भएकाले परीक्षण सफल भएको छ ।’

सोमबार दिउँसो धार्मिक महोत्सवको औपचारिक रुपमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment