Comments Add Comment

सेन्ट्रल फाइनान्सलाई नेप्सेले सोध्यो- सीईओलाई कारबाही किन नगर्ने ?

३० पुस, काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडलाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को नियम पालना नगरेको भन्दै नेप्सेले सेन्ट्रल फाइनान्सलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन पत्र काटेको हो ।

कम्पनीको धितोपत्र सूचीकरण स्थगन गरिएको जानकारी दिँदै नेप्सेले विवरण पेश गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई कारबाही किन नगर्ने भन्दै पत्रमा लेखेको छ ।

पत्र बुझेको २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भन्दै हाललाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ (१) (ख) अनुसार सूचीकरण स्थगन गरिएको नेप्सले जनाएको छ ।

कम्पनीको पुस २७ गते बसेको सञ्चालक समिति बैठकले लाभांश वितरण गर्ने सम्बन्धी निर्णय गरेको थियो ।  २७ गते भएको उक्त निर्णय कम्पनीले नेप्सेलाई २९ गतेमात्रै पत्रमार्फत जानकारी गराएको थियो ।

धितोपत्र बजार मूल्यलाई प्रभाव पार्ने सूचनाहरु निर्णय हुनसाथ उपलब्ध गराउनु पर्ने भए पनि त्यो नगरिएको भन्दै विनियमावलीको विनियम २२ को उपनियम १ को खण्ड (ङ) मा भएको व्यवस्था बमोजिम बैठकको समय समेत उल्लेख नगरिएको नेप्सेले बताएको छ ।

साथै उक्त कार्य सीईओको जिम्बेवारीमा पर्ने भएकाले नेप्सेले सीईओलाई कारबाही किन नगर्ने भनेर स्पष्टीकरण सोधेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment