+
+

वाइडबडीको छानबिन दबाव र प्रभावबाट मुक्त होस् : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २ गते १५:५२

२ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले वाइडबडी विमान खरिदको छानबिन आग्रह, दबाव र प्रभावबाट मुक्त हुनुपर्ने बताएको छ ।

विमान खरिद प्रकरणमा पार्टी सभापति शेरबहादुर देउवाको नाम जोडिएको विषयमा समेत ध्यानाकर्षण भएको उसले बताएको छ । बुधबार कांग्रेसले पत्रकार सम्मेलन नै गरेर वाइडबडी खरिद प्रकरणमा गहिरो छानबिन हुनुपर्ने माग गरेको हो ।

विमान खरिद प्रक्रिया सुरु गर्दा पुष्पकमल दाहाल प्रचण्ड र विमान आउँदा केपी शर्मा ओली नेतृत्वमा सरकार रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । ‘पार्टी सभापति देउवा भर्खर प्रधानमन्त्री भएको बेला १९ वटा मन्त्रालय उहाँसँग थियो ।

त्यसको चार दिनपछि निगम सञ्चालक समितिको बोर्ड बैठकले मुद्रा सटहीका लागि अनुरोधको निर्णय गरेको थियो, उनले भने, ‘क्याबिनेटस्तरीय वा प्रधानमन्त्रीस्तरीय कुनै पनि निर्णय भएको छैन ।’

कांग्रेसले विमान खरिद प्रकरणबारे गम्भीर छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । ‘आग्रह, दबाव र प्रभावबाट मुक्त रहेर छानविन हुनुपर्छ’ प्रवक्ता शर्माले भने,‘यसमा हामी सहयोग गर्छौ र दबाव पनि दिन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?