Comments Add Comment

नेपालले पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका गुमायो

५ माघ, काठमाडौं । नेपाली महिला क्रिकेट टिम पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्न चुकेको छ ।

२००७ मा पहिलो सहभागितामा नै एसीसी वुमन्स च्याम्पियन्ससिपको फाइनल पुगेको नेपाल १२ वर्षपछि अर्को अन्तराष्ट्रिय प्रतियोगिताको फाइनलका लागि खेलेको थियो ।

तर, आयोजक थाइल्याण्डसँग ७० रनले पराजित हुँदै टी-२० स्म्यास क्रिकेटको उपउपाधिमा चित्त बुझाएको छ । घरेलु टोली च्याम्पियन बनेको छ ।

थाइल्याण्डले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपाल १७.२ ओभरमा ५१ रन बनाउँदा अलआउट भयो । नेपालका लागि नेरी थापाले १७ र सीता राना मगरले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन् ।

यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोली २० ओभरमा मात्र १ विकेट गुमाएर १२१ रन बनाएको थियो । थाइल्याण्डका ओपनर नाथाखन चान्थमले अटआउट ६९ रन बनाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment