Comments Add Comment

आफ्नो व्यक्तित्व र प्रवृत्ति अनुसार हेयर डिजाइनिङ गर्नुपर्छः अनुजा श्रेष्ठ

कपालको साइनो अब टाउको सुरक्षासँग मात्र रहेन । यो समग्र व्यक्तित्वकै एक हिस्सा हो । त्यसैले त अहिले कपालको सुरक्षा मात्र होइन, सौन्दर्यमा पनि ध्यान दिन थालिएको हो ।

कपाल कस्तो हुनुपर्छ ? यसको सर्वमान्य इकाई छैन । खासगरी सौन्दर्यको हिसाबले । किनभने अनुहारको बान्की अनुसार कपालको साजसज्जा आवश्यक हुन्छ । प्रकृतिको हिसाबले कपाल स्ट्रेट, कर्ली, सिल्क, थिन जस्तोपनि हुनसक्छ । तर, यस्तो कपाललाई कसरी अनुहार अनुसार सुहाउँदिलो, आकर्षक र लोभलाग्दो बनाउने ? यसमा भने ध्यान दिन आवश्यक हुन्छ । यीनै सन्दर्भमा प्रशिद्ध ब्रान्ड ‘हेयर एन्ड शान्ति’ का संचालक एवं हेयर स्टाइलिस्ट अनुजा श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गरेका छौं ।

अहिले जाडो याम छ, के याम वा सिजन अनुसार पनि हेयर स्टाइल बद्लिन्छ ?

मौसम अनुसार सबै कुरा बद्लिन्छ । हाम्रो खानपान, पहिरन, दैनिकी । एउटा सिजनको खानपान अर्को सिजनमा उपयुक्त हुँदैन । एउटा सिजनको पहिरन अर्को सिजनमा सुहाउँदैन । कतिसम्म भने, मौसम परिवर्तन हुँदा हाम्रो सोंचमा पनि त्यसको प्रभाव पर्छ । यसरी मौसमसँग सबै कुरा बद्लिन्छ भने कपालको डिजाइन पनि बद्लिने नै भयो ।

जाडोमा लगाउने पहिरन गर्मीमा लगाउन उपयुक्त हुँदैन । जब जाडो र गर्मीको समय बद्लिन्छ, त्यसले फेसनमा बद्लाव ल्याउँछ । ठिक त्यसैगरी जाडोमा जुन किसिमको हेयर स्टाइल सुहाउँछ, गर्मीमा सुहाउँदैन । वा उपयुक्त हुँदैन । गर्मीमा छोटो कपालले कुल लुक दिन सकिन्छ । जाडोमा अलि लामो कपाल सुहाउँछ । यसरी सिजन परिवर्तन भएसँगै हेयर स्टाइल पनि फेरिन्छ ।

अहिलेका पुस्तामा हेयर डिजाइन लिएर यस किसिमको चेत छ ? अर्थात उनीहरु मौसम अनुकुल हेयर स्टाइल गर्नुपर्छ भन्ने सोच्छन् ?

कतिपय चाहि अन्धाधुन्द अरुको देखासेखीमा हेयर डिजाइन गराउँछन् । कतिमा हेयर स्टाइलप्रति खास जानकारी नै छैन । तर, धेरैजसो आफ्नो हेयर स्टाइलप्रति सचेत छन् । उनीहरु आफुलाई फरक फरक लुक्समा देखाउन चाहन्छन् र यसका लागि कपालको डिजाइन परिवर्तन गर्नुपर्छ भन्ने थाहा छ । खासगरी किशोर पुस्तामा यस्तो चेत छ । त्यसो त उनीहरुलाई सिजन अनुसार फरक लुक्स बनाउने मात्र होइन, कुन सन्दर्भमा कस्तो हेयर डिजाइन गराउने भन्ने कुराको पनि ज्ञान छ ।

जस्तो ?

जस्तो कुनै विवाह समारोह छ भने त्यहाँ र्फमल वेयरमा जानुपर्ने हुन्छ । र्फमल वेयरमा कस्तो हेयर स्टाइल सुहाउँछ ? यसैगरी क्याजुअलमा कस्तो उपयुक्त हुन्छ । यसबारे पनि धेरैलाई जानकारी छ ।

कपालको डिजाइन बदल्ने भन्दा पनि सधै एकैनासको हुनुपर्ने होइन र ?

यो कुरा चाहि पुस्ता, उसको नेचर र प्रोफेसन अनुसार हुने हो । किशोर पुस्ताले सधै एकैनासको हेयर स्टाइल बनाएमा राम्रो देखिदैन । उनीहरुले नयाँ नयाँ प्रयोग गरेकै राम्रो हुन्छ । किनभने किशोर उमेरमा उनीहरुको रुपरंग बद्लिइरहेकै हुन्छ । छिटो छिटो शारीरिक विकास हुन्छ । मानसिक परिवर्तन पनि त्यही अनुसार हुन्छ । यस्तो अवस्थामा उनीहरुले आफैमाथि प्रयोग गर्ने बेला पनि हो कि मलाई कस्तो खालको हेयर स्टाइल सुहाउँछ भनेर । त्यसैले किशोर पुस्ताले एकै खालको हेयर स्टाइल बनाएको ठिक होइन ।

महंगो भन्ने कुरा कसरी निर्धारण गर्ने ? राम्रो सैलुनमा केही बढी पैसा तिर्नुपर्छ । तर, त्यस अनुसार तपाईंले सुविधा पनि लिनुहुन्छ । आफ्नो चित्तबुझ्दो हेयर डिजाइन गर्न सक्नुहुन्छ, उच्च गुणस्तरको प्रोडक्ट प्रयोग गर्न सक्नुहुन्छ, राम्रो हस्पिटालिटी पाउनुहुन्छ । यी सबै कुराले गर्दा मात्र तपाईको खर्च बढेको हो ।

तर, अलि परिपक्क भइसकेको वा कुनै प्रोफेसनमा आवद्ध भइसकेका व्यक्तिले आफ्नो हेयर स्टाइल परिवर्तन गरिरहेको राम्रो देखिदैन । उनीहरुको हेयर स्टाइल निश्चित ढाँचाको हुनुपर्छ । किनभने उनीहरुको कपालको ढाँचाले उनीहरुको चिनारी पनि दिन्छ ।

पेशा-व्यवसाय अनुरुप पनि कपालको डिजाइन फरक हुनुपर्ने ?

कपाल कस्तो बनाउने भन्ने कुरा मूख्यत कुनैपनि व्यक्तिको कपालको प्रकृति र अनुहार एवं समग्र शरीरको बनौटले निर्धारण गर्छ । हरेक मान्छे फरक हुन्छन् । उनीहरुको कपालको प्रकृति फरक हुन्छ । अनुहारको रुपरंग फरक हुन्छ । यदि अनुहारको रुपरंगसँग सही ढंगले कपालको ढाँचा मिलाउन सकियो भने आकर्षक देखिन्छ ।

दोस्रो कुरा चाहि उनीहरु कुन पेशामा छन्, कस्तो व्यवसायमा छन् भन्ने कुरामा पनि हेयर डिजाइनको प्रभाव रहन्छ । तपाईं कुनै विशिष्ठ पदमा हुनुहुन्छ भने कपालले पनि तपाईंलाई जेन्टल देखिनुपर्छ । तर, तपाईं सेलिब्रेटी हो भने तपाईंले कपालको डिजाइनमा केही नयाँपन दिइरहनुपर्ने हुन्छ । यसरी पेशा एवं व्यवसाय अनुसार पनि कपालको डिजाइन निर्भर गर्छ ।

आफुलाई उपयुक्त कपाल कस्तो बनाउने भन्ने कुरा त आफैले निर्धारण गर्ने होला, पार्लर धाइरहनुपर्छ ? हेयर स्टाइलिससँग भेट्नुपर्छ ?

कपालको बारेमा राम्रो ख्याल राख्ने, कपालको डिजाइनबारे सचेत छन् भने पार्लर धाइरहनुपर्ने वाध्यता हुँदैन । किनभने पार्लरमा पनि त्यही काम हुने हो । यदी घरमै गर्न सकिन्छ भने किन पार्लर धाउने ? किन डिजाइनरसँग परामर्श लिने ?

तर, कपालकै बारेमा धेरै ज्ञान वा जानकारी राख्नेहरु कति होलान् ? के उनीहरु आफुले चाहे अनुरुप डिजाइन गर्न सक्छन् ?

कपाल कस्तो ढाँचामा बनाउने भन्ने मोटामोटी ज्ञान भएपछि सस्तो पार्लर गएपनि हुन्छ नि, महंगो पार्लर नै धाउनुपर्छ र ?

कपाल काट्न वा कपालको डिजाइन गर्नका लागि जतिपनि विकल्प छन् । हुनसक्छ, तपाईं सय रुपैयाँमा पनि कपाल कटाउन सक्नुहुन्छ र त्यही कपाल कटाउन हजार वा पन्ध्र सय रुपैयाँ पनि खर्च गर्नुहुन्छ । यो तपाईंको आवश्यक्ता र रुची अनुसारको कुरा हो । बुझ्नुपर्ने चाहि के भने तपाईं फुटपाथमा पनि मःम पाउनुहुन्छ, फाइभस्टार होटलमा पनि । तर, ति दुई ठाउँमा पाइने मःमको स्वाद, गुणस्तर एकनास हुँदैन ।

भनेपछि महंगो पार्लर धाउनैपर्छ ?

महंगो भन्ने कुरा कसरी निर्धारण गर्ने ? राम्रो सैलुनमा केही बढी पैसा तिर्नुपर्छ । तर, त्यस अनुसार तपाईंले सुविधा पनि लिनुहुन्छ । आफ्नो चित्तबुझ्दो हेयर डिजाइन गर्न सक्नुहुन्छ, उच्च गुणस्तरको प्रोडक्ट प्रयोग गर्न सक्नुहुन्छ, राम्रो हस्पिटालिटी पाउनुहुन्छ । यी सबै कुराले गर्दा मात्र तपाईको खर्च बढेको हो ।

तपाईंले यहाँ आउने सेवाग्राहीलाई कसरी सन्तुष्ट तुल्याउनुहुन्छ ? उनीहरु किन यति धेरै खर्च गर्न तयार हुन्छन् ?

तपाईंले सोचेजस्तो हामीले महंगो शुल्क लिएका छैनौं । सामान्य शुल्कमै यहाँ सेवा लिन सकिन्छ । अर्को कुरा चाहि यहाँ सुविधायुक्त ढंगले कपाल काट्न सक्छन् । कुनैपनि ग्राहक आउनसाथ हामी फटाफट कपाल काटिदिने होइन । उनीहरुसँग केही कुराकानी गर्छौं । कस्तो हेयर स्टाइल बनाउन चाहेको त्यो बुझ्छौं । साथै हामी उनीहरुलाई परामर्श पनि दिन्छौं कि तपाईंलाई यस्तो स्टाइल बनाउनु भए राम्रो देखिन्छ भनेर ।

त्यसपछि उनीहरुको कपालको नेचर हेर्छौं । कुन किसिमको कपाल हो ? कपालको नेचर हेरेर त्यसको डिजाइन वा केयर गर्नुपर्ने हुन्छ ।

कपाल काट्न, डिजाइन गर्नका लागि उच्च गुणस्तरको प्रोडक्ट प्रयोग गर्छौं । साथसाथै उनीहरुलाई आफ्नो कपालको प्रकृति अनुसार घरमै कसरी हेरचाह गर्ने ? घरेलु विधीहरु कसरी अपनाउने भन्ने सल्लाह समेत दिन्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment