Comments Add Comment

६ महिनामा गुल्मीमा दुई हजार ५९८ सवारीसाधन कारबाही

करिब १६ लाख राजश्व संकलन

७ माघ, गुल्मी । जिल्ला ट्राफिक कार्यालय गुल्मीले आर्थिक वर्ष ०७५/७६ को ६ महिनामा झण्डै १६ लाख राजस्व संकलन गरेको छ ।

गएको साउनदेखि पुससम्म नियम बिपरीत चलाएका सवारीसाधनमाथि गरिएको कारवाहीमा १५ लाख ५४ हजार राजश्व असुली गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

ट्राफिक नियम उल्लंघन गरी सवारी चलाए वापत जीप, बस, कार, मोटरसाइकल, ट्याक्टर, ट्रकलगायतका दुईहजार ५९८ वटा सवारीसाधनमाथि कारवाही गरेको जनाएको छ ।

बढ्दो दुर्घटना रोक्नको लागि ट्राफिक प्रहरीले सडक सुरक्षा, ट्राफिक नियम र सवारी दुर्घटना कारण तथा सवारी दुर्घटना न्युनिकरण सम्बन्धी विद्यालय, चालक र सहचालकहरुलाई पनि सचेतना कार्यक्रम गर्दै आएको छ ।

ट्राफिक प्रहरीले बिभिन्न स्थानमा ९ पटकमा ७ सय ७९ जनालाई सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment