+
+
Shares

माइतिघरमा पूर्वलडाकुको प्रदर्शन (फोटो फिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७५ माघ १० गते १६:०१

१० माघ, काठमाडौं । बहिर्गमनमा परेका माओवाली पूर्वलडाकुले आज (बिहीबार) माइतिघर मण्डलामा प्रदर्शन गरेका छन् ।

१० वर्षे सशस्त्र जनयुद्ध लडेका जनमुक्ति सेनालाई आजकै दिन (माघ १० गते) अयोग्य घोषित गरी अपमानजनक रुपमा निष्कासित गरेको भन्दै उनीहरुले कालोपट्टी र व्यानरसहित प्रदर्शन गरेका हुन् ।

पूर्वलडाकुहरुलाई लगाइएका अयोग्यको विल्ला तत्काल खारेल गर्नुपर्ने, स्वेच्छिक अवकास लिएका जनमुक्ति सेना सरह राहात प्याकेज उपलब्ध गराउनु पर्ने, जनआन्लोलनका घाइते, अपाङहरुलाई दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने लगायत उनीहरुले १८ बुँदे माग राखेका छन् ।

प्रदर्शनमा सहभागी भएका बहिर्गमित जनमुक्ति सेना नेपालका उपाध्यक्ष योग्यबहादुर कार्की (प्रदीप)ले २०६६ माघ १० गते अनमिनले अयोग्य घोषित गरेर निकालिएका चार हजार ९ जना लडाकुलाई व्यवस्थापन नगर्नु सरकारको ठूलो भूल भएको बताए ।

महासचिव राजन थापा (सुवास)ले आफूहलाई विदेशीको इराशारामा अयोग्यको विल्ला भिराइएको भन्दै आफूहरुका माग सम्बोधन नभए पुनः युद्धमा जाने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?