Comments Add Comment

प्रवासी नेपालीलाई प्रधानमन्त्रीको आश्वासन- विदेशबाट फर्कौं ! सुलभ ऋणको व्यवस्था छ

११ माघ, स्वीटजरल्याण्ड । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बनाउने जिम्मेवारी नेपालीहरुकै भएको बताउँदै विदेशमा रहेका नेपालीलाई स्वदेश र्फकन आह्वान गरेका छन् । स्वीटजरल्याण्डको जुरिचमा नेपाली समुदायलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपालीहरुलाई आफ्नै देशमा र्फकन आग्रह गरेका हुन् ।

‘हामीले विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरु, सबैसँग आग्रह गरेका छौं कि अब नेपाललाई विकासमा सहयोग पुर्‍याउन सोचौं’ प्रधानमन्त्री ओलीले भने, ‘नेपालीहरुले हाम्रो देश आफैं बनाउनुपर्छ । यसका निम्ति हरेकले कोशिस गरौं भन्ने म आग्रह गर्न चाहन्छु । र, विदेशमा रहेका हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरु फर्केर जान आग्रह गर्छु ।’

प्रधानमन्त्रीले आश्वस्त पार्दै भने, ‘हामीले सीपलाई प्रयोग गर्नका लागि सुलभ सस्तो ऋण व्यवस्था गरेका छौं । अहिले हामीसँग त्यसको व्याख्या गर्ने धेरै समय छैन । तर, त्यो सीपको प्रयोग गर्ने अवसर हामीले उपलब्ध गराउँछौं । त्यसका निम्ति सहयोग पुर्‍याउने कामहरु गरेका छौं । र, बाह्य लगानी आकिर्षत होस् भनेर त्यसका निम्ति कानूनी व्यवस्था, व्यवहारिक व्यवस्था गरेका छौं ।’

विदेशमा रहेका नेपाली समुदायलाई प्रधानमन्त्रीले गरेको सम्वोधनको सम्पादित अंश यस्तो छ –

हामी यहाँ किन आयौं, के सन्दर्भमा, सबैलाई थाहा छ । मैले दोहोर्‍याइरहनुपरेन । यो विश्व आर्थिक फोरममा डावोस आउने सिलसिलामा यसपल्ट, यस लेबलबाट पाहिलोपल्ट सहभागी भयौं र हामीले हाम्रा कुराहरु त्यहाँ राख्यौं ।

मैले भन्ने गरेको छु र भन्न अप्ठ्यारो मान्दिनँ । समावेशिता भनेको युरोप र नेपालको सन्दर्भ नै फरक छ । यहाँ युरोपमा चाहिँ एउटा जाति, एउटा भाषा, एउटा भूमि त्यसरी बनेको हो । हामी बहुजाति बहुभाषिक, बहुसांस्कृतिक राष्ट्र हौं ।

त्यसकारण हाम्रो एउटा भूगोल, एउटा भाषाका आधारमा एउटा जाति बनेको र त्यो जातिका आधारमा देश बनेको अवस्था होइन । हाम्रो विभिन्नतिरबाट आएको सामाजिक बनोट हो । साम्रो सामाजिक बनोट नै विभिन्न प्रकारले मिश्रति हो । त्यसबाट बनेको सामाजिक बनोट र बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक भौगोलिक विविधताले युक्त देश हो ।

त्यसकारण त्यो भौगोलिक विविधतालाई कहिले पहाडे र मधेसी भनेर, कहिले हिमालको र तराईको भनेर, कहिले पूर्वको र पश्चिमको भनेर कैले कैले यसरी पनि भड्काउन खोजिन्छ । जातजातका नाममा पनि भड्काउन खोजिन्छ । समावेशी भएन भनेर पनि भड्काउन खोजिन्छ ।

हो, हाम्रो देशमा पहिले जयस्थिति मल्लले वणर्ाश्रम व्यवस्था भारततिरबाट, कतातिरबाट ल्याए । त्यो त्योबेलाको समयमा उपयुक्त हुँदो हो तर, त्यो वणर्ाश्रम व्यवस्था उचित थिएन । त्यसलाई हामीले हटाउनैपथ्र्यो । तर, हामी विविधतायुक्त छौं भन्ने कुरा हामीले बिर्सनुहुँदैन । र, त्यो विविधताभित्र हामीले एकता खोज्नुपर्छ । हामी एकतावद्ध प्रयासमा अगाडि जान्छौं । हाम्रो प्रयास राष्ट्रिय एकताको हुनेछ ।

संविधान बनिसकेपछि अब संविधान र मौलिक हक कार्यान्वयनका लागि लागेका छौं । संविधानको धारा १६ देखि ४८ सम्म ३३ वटा धाराहरु मौलिक हकको सन्दर्भमा समर्पित छन् । त्यसलाई कार्यान्वयन गर्न हामीले कानून बनाउनुपथ्र्यो, त्यो बनाएका छौं । संविधानसँग नमिल्ने खालका कानूनहरु विस्थापित गरेका छौं । आवश्यक कानूनहरु बनाएका छौं । कर्मचारी समायोजन संघीयताको भावना अनुसार गरेका छौं । यसरी अब नेपाल एउटा स्थिरताबाट गुज्रँदैछ । सबभन्दा मुख्य कुरा नीतिहरुमा हाम्रो स्पष्टता छ । हामी अन्यौल र अलमलमा छैनौं ।

अर्को, हामीसँग नेपालजस्तो पछौटे देशमा जहिले पनि कसैको बहुमत भएन भने सधैंभरि राजनीतिक अस्थिरता भइरहेको छ । तर, अब हामी संविधानतः बहुमतको सरकार बनिसकेपछि नीतिगत, संरचनागत स्थायित्वमा प्रवेश गरेका छौं । हामी यसरी स्थिरता र स्थायित्वमा प्रवेश गरेको हुनाले अब हाम्रो यात्रा सुशासन कायम गर्दै, लोकतन्त्रको रक्षा गर्दै आर्थिक उन्नतिको बाटोमा अगाडि बढ्ने यस प्रयासमा छौं । हाम्रा सम्पूर्ण प्रयासहरु त्यतातिर छन् ।

हामीले विदेशी मित्रहरुसँग, संस्थाहरुसँग, विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरुसँग सबैसँग आग्रह गरेका छौं कि अब नेपाललाई विकासमा सहयोग पुर्‍याउन सोचौं ।

नेपालीहरुले त हाम्रो देश आफैंले बनाउनुपर्छ । यसका निम्ति हरेकले कोशिस गरौं भन्ने म आग्रह गर्न चाहन्छु । र, विदेशमा रहेका हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरु फर्केर जान । हामीले सीपलाई प्रयोग गर्नका लागि सुलभ सस्तो ऋण व्यवस्था गरेका छौं । अहिले हामीसँग त्यसको व्याख्या गर्ने धेरै समय छैन । तर, त्यो सीपको प्रयोग गर्ने अवसर हामीले उपलब्ध गराउँछौं । त्यसका निम्ति सहयोग पुर्‍याउने कामहरु गरेका छौं । र, बाह्य लगानीलाई लगानी आकिर्षत होस्, त्यसका निम्ति कानूनी व्यवस्था, व्यवहारिक व्यवस्था गरेका छौं ।

अर्को कुरो, डावोसमा पनि कुरा चलेको थियो । जी-२० का लिडरहरुको मिटिङमा पनि कुरा चलेको थियो । र, हाम्रो तर्फबाट हामीले नेपालमा आइएलओका मागहरुका सम्बन्धमा अनौपचारिक क्षेत्रलाई सोसियल सेक्युरिटीमा कसरी समेट्ने भन्ने कुराको सन्दर्भमा नेपालले व्यवहारमा कार्यान्वयन गरेको छ ।

हिजो मजदुर हडताल आदि इत्यादि सुनिन्थ्यो, अब नेपालमा त्यस्तो छैन । त्यसको हामीले सेटल गरेका छौं । मजदुर र रोजगारदाताहरु, उद्यमीहरु, व्यवसायीहरु, मिलेर सहमतिका साथ बनाएको कानून छ । त्यसमा अझ हामीले सामाजिक सुरक्षाका प्रवन्धबाट सामाजिक सुरक्षाको प्रवन्ध गरेर अनौपचारिक क्षेत्रलाई पनि औपचारिक क्षेत्रजत्तिकै आवद्ध गरिसकेपछि त्यसले एउटा नयाँ उचाइ लिएको छ । यस्ता थुप्रै कुराहरु हामीले गरेका छौं ।

सर्टिफिकेट धितो राखेर, अरु केही चाहिँदैन । म यो काम गर्छु भनेर आफ्नो प्रोजेक्ट दियो भने काम गर्न सक्छ ।

चीनतिर बाटो खोल्दा कसैको टाउको दुख्यो

हामीले कनेक्टिभिटीको क्षेत्रमा काम गर्न खोजेका छौं । हवाइ कनेक्टिभिटीका रुटहरु थपिएका छन् । गन्तव्य थपिएको छ । हामीले विभिन्न एयरलाइन्सहरुसँग कुरा गरेका छौं ।

दुःखको कुरो अहिलेसम्म युरोपमा हाम्रा जहाजहरु प्रवेश गर्न पाउँदैनन् । हाम्रो भन्दा हालत कमजोर, आइकाओको प्रतिवेदनले भारतको हालत हाम्रोभन्दा कमजोर भनेको छ । तर, भारतले प्रवेश गर्न पाउँछ, हामीले पाउँदैनौं ।

हाम्रो मित्रराष्ट्र फान्सले हामीलाई दुईवटा एयरबस बेचेको छ । काठमाडौंमा एयरबस बस्न सक्छ, उड्न सक्छ भनेर बेचेको छ । उसको एयरबस बस्न पनि सक्छ, उड्न पनि सक्छ भनेर बेचेको छ । तर, हामी तिम्रो एयरपोर्टमा ल्याउँछौं नि त भन्दा दिँदैन । अचम्मको प्रतिवन्ध छ । उसले हाम्रोमा बस्न सक्ने भनेरै बेच्या छ हामीलाई । हाम्रोबाट उड्न पनि सक्छ, त्यो पनि मानेको छ । तर, फन्सको एयरपोर्टमा ल्याउँछु भन्दा मिल्दैन भन्छ । हाम्रो एयरपोर्ट खत्तम हो कि, हाम्रो स्काई खत्तम हो कि, फ्रान्सको… बुझ्न गाह्रो छ ।

यी कुराहरुमा हामी छलफल गर्छौं । र, म यहाँहरुलाई भन्न चाहन्छु, अहिलेको नेपाल कुनै पनि विषयमा खुल्ला छलफल गर्न कसैसँग पनि हिच्किचाउँदैन । यो हिच्किचाउने जमाना होइन । सार्वभौमिक समानताको सिद्धान्त हो । यस सिद्धान्तका आधारमा सब्रै राष्ट्रहरु राष्ट्रका हैसियतमा बराबर छन् भन्ने मान्यताका साथ नेपाल अगाडि बढ्छ र त्यो मान्यताका साथ दृढताका साथ अगाडि बढेर आफ्ना समस्याहरु समाधान गर्दै पनि हामी अगाडि आएका छौं ।

म कनेक्टिभिटीका कुराहरु गर्दैथिएँ । एयर कनेक्टिभिटीका सम्बन्धमा हाम्रा केही समस्याहरु छन् । जसलाई हामी निकट भविश्यमा समाधान गर्न सक्छौं ।

अर्को, म तपाईहरुलाई भन्न चाहन्छु । विक्रम सम्वतमा भनेको, नेपालीहरुले मानी आएको विक्रम सम्वत् नयाँ वर्ष २०७६ सालको बैशाख १ गतेबाट हामी काठमाडौं विमानस्थललाई दुनियाँकै पहिलो बुटिक एयरपोर्टका रुपमा सुरुवात गर्दैछौं । घोषणा पनि गर्छौं र सुरुवात पनि गर्छौं ।
र, हामी नयाँ नयाँ कामहरु गरिराखेका छौं । कतिलाई चीनतिरबाट बाटो किन खोल्यो भन्ने पनि छ । चीनसँग हामीले ट्रान्जिट ट्रान्सपोर्ट एगि्रमेन्ट गरेका छौं । कतिलाई त्यसमा अझै टाउको दुखाइ पनि छ । कसलाई टाउको दुख्छ, दुख्दैन हैन, हामीलाई नेपालको हित चाहिएको छ । नेपाललाई बाटो चाहिएको छ, नेपाललाई व्यापार चाहिएको छ । नेपाललाई विकास चाहिएको छ । नेपाललाई दुनियाँसँगको मित्रता चाहिएको छ ।

त्यसकारण हामी आफ्ना विकासका प्रयासहरुलाई अगाडि बढाउँछौं । कसैप्रति बैरभाव नराखी, कसैलाई घच्चपच्च नगरिकन आफ्ना हितहरुलाई अगाडि बढाउँछौं ।

चीनसँग हामीले रेल्वे ल्याउने कुरा गरेका छौं । गत मेरो भारत भ्रमणको समयमा वीरगञ्ज-काठमाडौं रेलको पनि कुरा भएर त्यसको एकप्रकारण एमओयू भैसकेको छ । अब त्यसको सर्भे भैराखेको छ । यी दुईटैतिरबाट हामी सर्भे गरिराखेका छौं । चीनतिरबाट पनि प्रारम्भिक सर्भे, पूर्वसम्भाव्यता अध्ययन भएको छ । र, पूर्वपञ्चिम रेल हामी अध्ययन गरिरहेका छौं । दुई तीन वर्ष लाग्ला । चार वर्ष लाग्ला । तर, सुरु नै गरेन भने त भएन नि । त्यसकारण हामी पूर्वपश्चिम रेल्वेको सुरुवात गर्दैछौं, कनेक्टिभिटीको क्षेत्रमा, आइटीको क्षेत्रमा ।

कम्युटरमा इन्ट्री हेर्दा डावोसमा प्रश्न सोधियो !

अहिले हाम्रो क्याबिनेट कमसेकम पेपरलेस क्याबिनेट छ । अहिले प्रदेशहरुमा प्रत्यक्षरुपमा के भइरहेको छ भने सम्वाद गर्न, हेर्न अनुगमन गर्न सक्छौं । मन्त्रालयहरुका वीचमा कुन मन्त्रालयको प्रगति के छ भनेर उसले आफ्नो प्रगतिको रिपोर्ट आफ्नो कम्प्युटरमा इन्ट्री गर्नेवित्तिकै प्रधानमन्त्री कार्यालयमा आउँछ ।

यो सिस्टम अलिकित डेभलप गरेको, पावर सेन्ट्रलाइज्ड गर्‍यो भन्ने पनि कुरा आयो । डावोसमा पनि मलाई सोधिएको थियो पावर सेन्ट्रलाइज्ड गर्न थाल्नुभयो भनेर । मैले भनें- पावर सेन्ट्रलाइज्ड किन गर्नु ? मलाई रुलर हुने मन छैन । रुलर हुँदा पनि होइन । शासकीय मानसिकता पनि छैन । मलाई जनताले विश्वास गरेर यो कामको जिम्मा दिएका छन् । त्यो जिम्मेवारी म इमान्दारिताका साथ र प्रभावकारिताका साथ पूरा गर्छु । इमान्दार मात्रै भएर म कुनै मूर्ति बसेजसरी बस्ने होइन । म सक्रियतापूर्वक योगदान दिएर काम गर्छु । निश्क्रिय इमान्दार हैन, सक्रिय इमान्दार ।

तानाशाही बन्ने सम्भावना छैन

म यहाँहरुलाई आग्रह गर्न चाहन्छु- नेपाल तानाशाहीकरणतिर जान्छ कि ? नेपाल तानाशाहीकरणतिर जाने हैन, लोकतान्त्रिीकरयातिर गइसक्यो । नेपाल अर्कोतिर फर्केला भन्ने कुराको कुनै सम्भावना छैन । त्यतापट्टी जाने कुनै सम्भावना छैन । त्यसकारण म ढुक्क रहन आग्रह गर्न चाहन्छु ।

तानाशाहीबाट पटक-पटक हामी पीडित भएका थियौं । जन्मिँदै कोही महान हुन्छ भन्ने गलत कुरा हो । राजतन्त्र त्यस सिद्धान्तमा आधारित हुन्छ । त्यो पनि नेपाली जनताले पचाएकै थिए, खपेकै थिए । तर, जनताका अधिकार खोसेर आफूमा लिने र आफू सम्पूर्ण अधिकारको, संविधानभन्दा माथिको हुने र अरुलाई रैती ठान्ने । पटक-पटक अधिकारहरु लडेर जनताले लिने र फेरि ती अधिकारहरु फिर्ता लाने त्यो सिलसिला पनि अन्त्य गर्नुपर्‍यो र गणतन्त्र नेपाल बनायौं । जनता सार्वभौमसत्तासम्पन्न भए ।

सार्वभौमसत्ता उपयुक्त ढंगले कसरी प्रयोग गर्न सकिन्छ त भन्दा हामीलाई संघात्मकता चाहियो । हामीलाई लोकतन्त्र चाहियो । समावेशी र

हामीलाई गणतन्त्र चाहियो । जहाँ जनता सार्वभौम हुन्छ । त्यो चाहियो । यसकारण यो प्रणालीमा जानलाई हामीले नयाँ संविधान ल्यायौं । त्यो पनि अत्यन्त राम्रो सहभागितामूलक संविधानसभाबाट निर्माण गरियो । जनताका छानिएका प्रतिनिधिहरु र समाजका सम्पूर्ण क्षेत्रको प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुको संविधानसभाबाट संविधान निर्माण गर्‍यौं ।

संविधानमा लोकतान्त्रिक गुण छ कि छैन ? जनतालाई सार्वभौम बनाएको छ कि छैन ? पछाडि परेको हिस्सालाई अगाडि ल्याउने कुरा गरेको छ कि छैन ? महिलालाई अगाडि बढाउने कुरा गरेको छ कि छैन ? सामाजिक न्याय र समानता त्यसमा छ कि छैन ? देशलाई अगाडि बढाउने, आर्थिक उन्नति गर्ने कुरा छ कि छैन ? उन्नतिको सन्दर्भमा लोकतन्त्रलाई खाली राजनीतिक अधिकारमा मात्रै सीमित गर्ने कि त्यसलाई आर्थिक सामाजिक क्षेत्रसँग विस्तार गर्ने ? जनता अधिकारसम्पन्न हुँदा कसरी हुने ?

हाम्रो संविधान श्रेष्ठ छ । उत्कृष्ट छ । कमजोरी छन् कि छैनन् ? संशोधन हुन्छ कि हुँदैन ? कहिले-कहिले हल्ला चल्ने गर्छ । बहस उठ्ने गर्छ । परिवर्तन, परिमार्जन आवश्यकता अनुसार नहुने संविधान हुँदैन । सबै संविधान, आवश्यकता अनुसार औचित्यका आधारमा संशोधन हुन सक्छ । कहिले कसरी हुने भन्ने कुरामात्रै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment