Comments Add Comment

नेपाललाई सातौं सफलता, सन्दीप र पारसले लिए दुई-दुई विकेट

११, माघ, काठमाडौं । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपालले दिएको ११४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको युएईले सातौं विकेट गुमाएको छ ।

पारसले १९.२ ओभरमा मोहम्मद बोतालाई आउट गराएका हुन् । यसअघि युएईले घुलाम शब्बेरलाई ३० रनमा छैटौं विकेटको रुपमा गुमाएको थियो । सन्दीपले विकेट लिने क्रममा १८.२ ओभरमा घुलामको विकेट लिएका हुन् । योसँगै सन्दीप र कप्तान पारस खड्काले पनि समान २-२ विकेट लिएका छन् । त्यस्तै, करण केसीले पनि दुई विकेट लिदा सोमपाल कामीले एक विकेट लिएका छन् ।

योसँगै युएईले २० ओभरको समाप्तिमा सात विकेट गुमाएर ७५ रन बनाएको छ । युएईका लागि सैमन अन्वारले ११, मोहम्मद उस्मन ६, अष्फाक अहमद पाँच, चिराग सुरीले चार र फाहाड नवाजले दुई रन बनाएर आउट भए ।

नेपालका लागि भने करण केसीले दुई र कप्तान पारस खड्का र सोमपाल कामीले समान १-१ विकेट लिएका छन् ।

यसअघि नेपालले ३३.५ ओभरसमा सबै विकेटको क्षतिमा ११३ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment