+
+
Shares

नेपाललाई पाचौं सफलता, करणले लिए विकेट

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १४ गते १४:१९

१४ माघ, काठमाडौं । तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालविरुद्ध ब्याटिङ गरेको युएईको पाचौ विकेट पतन भएको छ ।

आईसीसी क्रिकेट एकेडेमीमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईका पाचौं विकेटको रुपमा चुन्दरगपियल रिज्वानले ४५ रन बनाएर आउट भए । उनलाई करण केसीले आउट गराएका थिए । योसँगै करणले दुई विकेट लिएका छन् ।

मोहम्मद उस्मान आउट भएका हुन् । उनले २६ रन बनाएर आउट भए । त्यस्तै, घुलाम शब्बेरले १८ रन बनाए ।

यसअघि युएईका दुई ओपनर ब्याट्सम्यान शुन्य रनमै आउट भए । पहिलो विकेटको रुपमा अष्फाक अहमद शून्य रनमै आउट भएका थिए । त्यस्तै, चिराग सुरी पनि शुन्य रनमै आउट भएपछि युएई दबाबमा आएको थियो ।

नेपालका लागि सोमपाल कामी, कप्तान पारस खड्का र सन्दीप लामिछानेले समान १–१ विकेट लिएका छन् ।

४२ ओभरको समाप्तिसम्म युएईले पाँच विकेटको क्षतिमा १५३ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?