Comments Add Comment

सेयर बजारमा झण्डै ४ अंकको गिरावट

१५ माघ, काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा झण्डै ४ अंकको गिरावट देखिएको छ । मंगलबार सेयर बजारमा ३ दशमलव ८९ अंकको गिरावट आएको हो ।

सोमबार २ दशमलव ८० अंकले सुधार देखिएको बजारमा मंगलबार ३ दशमलव ८९ अंकको गिरावट देखिँदा नेप्से परिसूचक १ हजार १ सय ६२ दशमलव ०९ मा आइपुगेको छ ।

नेप्से परिसूचकमा गिरावट आए पनि सोमबारको तुलनामा मंगलबार सेयर कारोबार रकममा भने वृद्धि देखिएको छ । मंगलबार दिनभरमा भएका ५ हजार ४ सय ६३ कारोबारबाट १ सय ६३ कम्पनीका १० लाख ३५ हजार ७१ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ३० करोड ८० लाख १४ हजार रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । सोमबारको तुलनामा कारोबार रकम ८ करोड रुपैयाँ भन्दा बढी हो । सोमबार २२ करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।

कारोबार रकमका आधारमा मंगलबार प्रभु बैंक पहिलो नम्बरमा देखिएको छ । प्रभु बैंकको प्रोमोटर सेयरमात्रै ३ करोड ५७ लाख १५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment