+
+
Shares

एयरपोर्टबाट तेल चोरेको आरोपमा बाबुछोरासहित चार जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २० गते १९:१४

२० माघ, विराटनगर । विराटनगर विमानस्थलबाट डिजेल चोरी गरेको आरोपमा प्रहरीले एकै परिवारका तीन सहित चार जनालाई पक्राउ गरेको छ ।

शुरक्षाको हिसाबले अतिसंवेदनशील मानिने एयरपोर्टबाट डिजेल चोरी गरेको आरोपमा प्रहरीले विराटनगर– ४ का १८ बर्षिय मकेश यादव, २२ बर्षिय अमित यादव, १९ बर्षिय रामचन्द्र यादव र ४८ बर्षिय भोला यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका भोला यादव अमित र मुकेशका बुबा हुन् । विराटनगर बिमानस्थलमा चौकीदारको रुपमा काम गर्दै आएका भोलाकै योजनामा अन्य तीन जनाले डिजेल चोरी गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए ।

केसीका अनुसार पक्राउ परेका चार जनालाई मुलुकी अपराध संहिता २०७४ अनुसार चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।

पुस ८ गते विमानस्थलको जेनेरेटरका लागि ल्याएर २ वटा ड्रमा ल्याएको चारसय लिटर डिजेल दोस्रो दिन ड्रम सहित चोरी भएको थियो ।

नागरिक उड्यन प्राधिकरण विराटनगरले आग्रह गरेपछि अनुसन्धानका क्रममा एकै परिवारका तीन सहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?