
२० माघ,, काठमाडौं । प्रदेश ३ सरकारले सोनाम ल्होसारको अवसरमा माघ २२ गते विदा दिने भएको छ ।
तामाङ समुदायले मनाउने यस पर्वका दिन सार्वजनिक विदा दिएको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी दिएको छ । प्रदेश ३ मा तामाङ समुदायको बाक्लो बसोबास रहेको छ ।
मन्त्रिपरिषदको माघ ९ गते बसेको बैठकले सोनाम ल्होसारमा विदा दिने निर्णय गरेको हो । यसअघि प्रदेश सरकारले माघ १६ गते शहीद दिवसको अवसरमा पनि सार्वजनिक विदा दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4