+
+

सुनसान बन्दै गुल्मी सदरमुकाम तम्घास

१५ वटा होटल बन्द भए

अनिल खत्री अनिल खत्री
२०७५ माघ २१ गते १६:१०

२१ माघ, गुल्मी । राज्य पुनरसंरचनापछि गुल्मीमा दुई नगरपालिका र १० गाउँपालिका छन् । दुईवटा निर्वाचन क्षेत्र रहेको गुल्मीको सदरमुकाम तम्घास हो ।

तम्घासको मुटु मानिएको लाकुरी मञ्च प्रशासनिक होस या अन्य हिसाबले निकै चाप हुन्थ्यो । तर, हिजोआज सुनसान जस्तै छ । लाकुरी मञ्च मात्रै होइन अहिले तम्घास बजारमा बिभिन्न स्थानबाट आउने सर्बसाधरणको चापसमेत घटिसकेको छ ।

लाकुरी मञ्चमा जिल्ला बिकास समितिको कार्यालय रहेकालेे सेवाग्राहीहरु केही न केही काम लिएर आउने गर्थे । सामान्य गाउँका योजना होस या अन्य कार्यक्रमको लागि जिल्ला विकास समिति धाउनेहरुको चाप नै हुन्थ्यो ।

तर, अहिले सबै अधिकार गाउँमा पुगेपछि सदरमुकाम तम्घास नै सुनसान बन्न थालेको छ । यसको असर तम्घासका व्यवसायीहरुलाई परेको छ । बजारमै चहलपहल घटेपछि स्थानीय पनि चिन्तित छन् ।

तत्कालीन माओवादी द्वन्द्वका बेलासदरमुकाम पसेका गाविस सचिवहरु शान्ति पक्रियापछि पनि सदरमुकामबाटै सेवा दिँदै आएका थिए । जसकारण सानोतिनो कामको लागि पनि सदरमुकाम आउनुपर्ने बाध्यता थियो । यसले पनि चाप थियो । विकास माग्न पनि जिल्ला सदरमुकाम आउनु पथ्र्याे । तर, अहिले स्थानीय तहबाटै विकास निर्माणका काम भइरहेका छन् ।

अहिले नागरिकता, राहदानीलगायत काम बाहेक अन्य कामको लागि सेबाग्रही तम्घास आउनु पर्ने बाध्यता छैन् । कसब एक दर्जन सरकारी कार्यालय जिल्ला सदरमुकाममै छन् । तर, कार्यालयहरुमा पहिले जस्तो सेवाग्रहीको चाप भने छैन् ।

१५ वटा होटल बन्द भए

जिल्ला तहको अधिकार गाउँमा पुगेपछि जिल्ला सदरमुकामा रहेका १५ वटा होटलहरु बन्द भएको होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष भेषराज कंडेलले बताए । उनले निर्वाहमुखी रुपमा सञ्चालन भएका तम्घासका १५ बटा बढी होटलहरु बन्द भएको बताए ।

‘अहिले केही होटलहरु बन्द हुँदा केहीहदसम्म व्यापारमा सन्तुलन मात्रै रहेको छ,’ अध्यक्ष कंडेलले भने, ‘सबैले चाहे तत्कालै आतिनु पर्ने अबस्था छैन् सम्भावना धेरै छ ।’

जिल्ला सदरमुकाममा हुने कामहरु १२ वटा स्थानीय तहमा बिभाजित हुँदा चलहपहल घटेको हो भन्दै उनले भने, ‘सदरमुकामलाई चहलपहल बनाउन भौतिक पूर्वाधार निर्माण हुनुपर्छ ।’

जिल्लाको लागि रेसुङ्गामा केबलकार, रेसुङ्गा बिमानस्थल निर्माण र एउटा प्राबिधिक शिक्षासहितको क्याम्पस, सुबिधा सम्पन्न अस्पताल भए जिल्ला सदरमुकाममा कुनै चाप नघट्ने बताए । यी पूर्वधारहरु पूरा भए ठूला होटलहरु खुल्ने र चहलपहल पनि बढ्ने अध्यक्ष कंडेलको भनाइ छ ।

उनले पूर्वधारबिना लगानी पनि नहुने हुँदा सदरमुकामको चहलपहल बढाउन जिल्ला सबै क्षेत्रको पर्यटनलाई पनि जोड दिनुपर्ने बताए । ‘जिल्लाको पर्यटनलाई मुख्य जोड दिए सबै क्षेत्रलाई फाइदा हुन्छ,’ उनले भने, ‘तर यसको लागि सबैले ध्यान दिनुपर्छ ।’

बजारमा व्यापार व्यसाय कम हुँदै गएकाले भाडामा दिने घरबेटीहरुले पनि भाडामा पुनर बिचार गरिनु पर्ने अध्यक्ष कंडेलको भनाइ छ । उनले अहिलेको अबस्थामा तम्घासमा रहेका होटलहरुको कारोबारमा ४५ प्रतिशत गिरावट आएको बताए ।

जिल्ला सदरमुकाम केही मात्रामा आउने सेवाग्राही सबैठाउँमा सवारीसाधनहरु पुगेकाले पनि काम सकेर साँझ घरमै पुग्ने भएकोले तम्घासमा बाँस बस्दैनन् । यसले होटल व्यवसायमा झड्का लागेको छ ।

तम्घासका होटलहरु म्ाात्रै होइनन् अन्य बिभिन्न व्यवसाय गर्नेहरु पनि पहिलो जस्तो कारोबार नहुँदा चिन्तित छन् ।

मानिहरु बजारमा कम आउने गर्नाले बजारमा किनमेल पनि कम हुने गरेको व्यवसायीहरुको तर्क रहेको छ । अघिल्लो वर्षको तुलनमा ५० प्रतिशत व्यापार कम भएको तम्घासमा खाद्यान्न व्यवसाय गर्दै आएका झबि पाण्डेयले बताए ।

उनले तम्घासमा हुने कामहरु स्थानिय तहमै हुनुले होटलहरु पनि चहलपहल नहुनुले खाद्यान्न व्यवसायीहरुलाई मार परेको बताए । उनले मान्छे नै कम आएपछि व्यापार कमहुने गरेको बताए ।

तम्घास सदरमुकामलाई चहलपहल बनाइराख्न रेसुङ्गा क्षेत्रको अझ बढी प्रचार, अर्जुन रेसुङ्गा केवल कार, प्राबिधिक शिक्षा सुबिधा सम्पन्नसहितको अस्पताल जस्ता विषयमा ध्यान दिए जिल्ला सदरमुकामको भविष्य जिवन्त रहने बताए । तम्घासमा रहेका अन्य फेन्सीलगायत बिभिन्न व्यवसाय गर्नेहरु व्यापार कम हुँदा चिन्ति छन् ।

तम्घासमा हुँने फुटकर व्यापारमा धेरै कम हुँदै गएको तम्घासका अर्का व्यवसायी जनक पन्थले बताए । उनले जिल्ला सदरमुकामको अधिकार गाउँगाउँमा जानु सुखद पक्ष रहेपनि सदरमुकामलाई चहलपहल गराउनको निम्ति अन्य धेरै सम्भावनाहरु रहेको बताए ।

जिल्लाको गौरवको रुपमा रहेको रेसुङ्गा क्षेत्रको मात्रै प्रचारप्रसार गर्न सके जिल्लाको र सदरमुकामको भबिष्य उज्जल रहेको पन्थको तर्क रहेको छ ।

जिल्ला सदरमुकाम सुनसान भएसँगै यहाँका व्यवसायीहरु पर्ख र हेरको अबस्था रहेका छन् । तत्कालै व्यवसाय नै बन्द गर्ने अबस्थामा नरहेपनि यहाँको निम्ति बैलैमा सोच्नु पर्ने उनीहरुको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?