
बलिउडमा कलाकारको प्रेम सम्बन्धको खबर सधै नै आइरहेको नै हुन्छ । एकअर्कासँग नाम जोडिनु, केही समय डेटमा रमाउनु, फेरि अलग हुनु बलिउड कलाकारका लागि कुनै नौलो कुरा नै होइन । नायिका आलिया भट्टसँग केही समय प्रेममा रमाएका नायक सिद्धार्थ मल्होत्रा अहिले एक नव–नायिकाको प्रेममा रहेको खबर सार्वजनिक भएको छ ।
चलचित्र ‘स्टूडेन्ट अफ दि इयर २’बाट बलिउडमा पाइला राख्न लागेकी नायिका तारा सुतारियाको प्रेममा सिद्धार्थ रहेको चर्चा सुरु भएको छ । ‘लाइक ह्विस्की एन्ड सोडा’ नामक चलचित्रका लागि यी दुइले भेटघाट गरेको खबर सार्वजनिक भएको छ ।
यसपछि, यी दुइको प्रेम सुरु भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । करण जोहर बलिउडमा जोडी मिलाउन पनि माहिर मानिन्छन् । उनकै माध्यमबाट सिद्धार्थ र ताराको प्रेम फक्रिन थालेको चर्चा चलेको हो ।
भारतीय मिडियाले श्रोतलाई हवला दिदै उल्लेख गरे अनुसार यी दुइको मित्रता घनिष्ठ भएको छ । उनीहरु अहिले आफ्नो करिअर बनाउनका लागि पनि व्यस्त छन् । ताराले आफ्नो करिअरको सुरुवात गर्दैछिन् । उनी, बरुण धवन र विक्की कौसल जस्तो सफलता पाउन चाहन्छिन् ।
प्रतिक्रिया 4