+
+

कारबाहीमा परेका इन्स्पेक्टरलाई ‘पुरस्कार’ !

गौरव पोखरेल गौरव पोखरेल
२०७५ माघ २५ गते १२:१२

२५ माघ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले कारबाहीमा परेको प्रहरी निरीक्षकलाई आकर्षक पोस्टिङ दिएको भेटिएको छ ।

धनुषास्थित इलाका प्रहरी कार्यालय, सखुवा, महेन्द्रनगरमा नसियत पाएका प्रहरी निरीक्षक अरुण कुशवाहलाई इञ्चार्जको जिम्मेवारी दिइएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको जोडबलमा कुशवाहलाई मकवानपुरको औद्योगिक क्षेत्र पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयको इञ्चार्ज दिइएको छ ।

कुशवाहले महेन्द्रनगरमा रहँदा ११ मंसिरमा नसियत पाएका थिए । जिल्लाबाट अनुगमनमा खटिएको टोलीसँग दुर्व्यवहार र सही ढंगले कार्यसम्पादन नगरेको आरोपमा उनीमाथि कारबाही भएको थियो ।

संगठनको आचरण र मर्यादा विपरित काम गरेको आरोपमा नसियत दिइएलगत्तै उनलाई काजमा जिल्ला प्रहरी कार्यालय, ओखलढुंगा पठाइएको थियो । तर, उनी अटेर गरेर प्रहरी मुख्यालयमै हाजिर गरेर बसे । अहिले मकवापुरको इप्रकाको नेतृत्व पाएका छन् ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरका एक उच्च अधिकारीले अनलाइनखबरसँग कुरा गर्दै केही साताअघि उनलाई त्यहाँ प्रहरी प्रधान कार्यालयले खटाएको पुष्टि गरे । ती अधिकारीका अनुसार पशुपतिनगरका पूर्वप्रमुखले अनिवार्य अवकाश पाएपछि त्यहाँको दरबन्दी खाली थियो ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले भने पशुपतिनगर प्रहरी निरीक्षकलाई पुरस्कृत गर्ने खाल्को पोस्टिङ नभएको दाबी गरे ।

‘इञ्चार्ज भन्ने वित्तिकै सबै ठाउँ राम्रो हुन्छन् भन्ने हुँदैन’, उनले अनलाइनखबरसँग भने, ‘पोष्टिङ चाहिँ सामान्यतयाः सम्बन्धित अधिकृतको कार्यक्षमता र कार्यसम्पादनको मूल्याङ्कनकै आधारमा हुन्छ ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?