+
+
Shares

प्रचण्ड चिप्लिए भनेर प्रधानमन्त्रीले सुख पाउनुहुन्न : गगन थापा

विकास मरहट्टा विकास मरहट्टा
२०७५ माघ २७ गते १०:४९

२७ माघ, गोरखा । नेपाली कांग्रेसका नेता गगन थापाले भेनेजुएला प्रकरणबारे प्रचण्डको वक्तव्य चिप्लिएको भनेर ढाकछोप गर्नु सरकारको गैरजिम्मेवारपन भएको बताएका छन् ।

सदरमुकाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले सरकारले एकपछि अर्को गल्ती गरिरहेको बताए ।

नेकपा अध्यक्ष प्रचण्डले हालै मात्र वक्तव्य जारी गर्दै भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपको बिरोध गरेका थिए । यसबारे अमेरिकाले चासो देखाएपछि प्रधानमन्त्री ओलीले प्रचण्डको वक्तव्य चिप्लिएको टिप्पणी गरेका थिए ।

कांग्रेस नेता थापाले भने बैदेशिक सम्बन्धमा सरकार चुकिरहेको उनले बताए । उनले भने, ‘प्रचण्डको वक्तव्यबाट हामीले के बुझ्ने ? के अब नेपालले एउटा नयाँ बाटो लिएको हो ? अब नेपालले सिरियामाथि भएको आक्रमण, अफगानिस्तानमा भएको घटना, कतारमा भएको नाकावन्दीबारे पनि बोल्छ ? महशक्ति राष्ट्रजस्तो संसारभर भएको सबै घटनाबारे नेपालले वक्तव्य जारी गर्छ ?’

उनले नेकपा बनाउन एमाले र माओवादीबीच नभई ओली र प्रचण्डबीच एकता भएको दाबी गरे ।

निर्वाचनको अंकगणित, डर र स्वार्थका लागि एकता भएको दाबी गर्दै उनले भने, ‘यो त केपी शर्मा ओली र प्रचण्डको गठबन्धन हो, विवाद पनि उहाँहरुकै हो पार्टीबीच होइन ।’

कांग्रेस पनि परिवर्तन हुनुपर्छ

कांग्रेसले पनि जनतामा आशा जगाउन नसकेको स्वीकार गर्दै नेता थापाले पार्टीमा परिवर्तन जरुरी रहेको बताए ।

‘कांग्रेस पुरानै ढर्राबाट चलिरहेको छ, अव विगतमुखीबाट भविश्यमुखी बनाएर अघि बढ्नुपर्छ’ उनले भने । त्यसका लागि आगामी महाधिवेशनबाट पहिलो पुस्ताको नेतालाई विश्राम दिनुपर्ने र नयाँ पुस्ताको नेतृत्व आउनुपर्ने उनको जोड छ ।

‘अबको महाधिवेशनबाट बाहिर निस्कदा भविश्यमा काग्रेसले के दिन्छ भन्ने आउनुपर्छ र नयाँ ढंगले अघि बढ्नुपर्छ,’ उनले भने, ‘पार्टी जमेको पोखरी जस्तो भयो । अव बगेको खोला जस्तो बनाउनुपर्छ । आवश्यक परे पार्टीको नेतृत्व लिन तयार छु ।’

 

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?