Comments Add Comment

रणवीरलाई आफ्नो भन्दा गर्व गर्छिन् आलिया

नायिका आलिया भट्ट र नायक रणवीर सिंह अभिनित चलचित्र ‘गल्ली ब्वाई’ रिलिजको तयारीमा छ । फेव्रअुरी १४ तारिखबाट रिलिज हुने यो चलचित्रको प्रचारको लागि अहिले उनीहरु जोडतोड लागिरहेका छन् । रणवीर र आलियाले पहिलो पटक यो चलचित्रमा स्क्रिन शेयर गरेका छन् ।

चलचित्रको प्रचारमा निस्किएका उनीहरुले चलचित्रको कुरामात्र गरेर उम्किन पाएका छैनन् । उनीहरुलाई व्यक्तिगत जीवनमा पनि पत्रकारले प्रश्न गरिरहेका छन् । चलचित्रको ट्रेलरमा आलियाले बोलेको यो संवाद निकै हिट छ । उनले त्यहाँ आफ्नो व्याइफ्रेन्डसँग जिस्किए थप्पड हान्ने बोलेकी छिन् । ‘के रियल लाइफमा पनि तपाई त्यस्तै हुनुहुन्छ ?’ पत्रकारको प्रश्नमा उनले भनेकी छिन्, ‘रियल लाइफमा म त्यस्तो छैन । मैले मेरो व्याइफ्रेन्डलाई कुनै रोक लगाउदिन । किनभने मलाई पनि त्यो खुल्लापन आवाश्यक छ र मैले पनि दिएको छु ।’

आलिया आफ्नो प्रेमी धेरै जनाको क्रस हुनु आफ्नो लागि खुसीको कुरा भएको बताउँछिन् । उनी भन्छिन्, ‘म गर्व गर्छु कि मेरो प्रेमी धेरै युवतीहरुको क्रस हुनुहुन्छ । म उहाँलाई मेरो भन्न पाएकोमा निकै खुसी छु ।’ अहिले आलिया बलिउड स्टार रणवीर कपुरको प्रेममा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment