Comments Add Comment

भारत लैजाँदै गरेको अवैध मदिरा बरामद

१ फागुन, महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले अबैध मदिरा बरामद गरेको छ ।

भारततर्फ निकासी गर्न लागिएको एक हजार १३१ बोतल मदिरा बरामद गरेको प्रहरीले जनाएको छ ।

महोत्तरीको पर्सापतैलीबाट जलेश्वर नगरपालिका-५ स्थित सडक बाटो हुँदै भारततर्फ जाँदै गरेको एल३सी.पी.५९३० नम्बरको भारतीय नम्बरको गाडीबाट मदिरा बरामद गरेको डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

गाडी चेकजाँच गर्दा सवारीभित्र ६ बोरामा एक हजार १३१ बोतल सोफी रक्सी बरामद भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खड्काले बताए ।

गाडी र रक्सी प्रहरी टोलीले बरामद गरी आवश्यक कारवाहीको लागी राजश्व कार्यालय जनकपुर पठाएको छ ।

महोत्तरीको बिभिन्न नाका हुँदै भारततर्फ अबैध मदिरा जाने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment