Comments Add Comment

कञ्चनपुरबाट बरामद सुन चोरीको हुनसक्ने आशंका !

Photo Credit : दीपक उपाध्याय/अनलाइनखबर

२ फागुन, काठमाडौं । प्रहरीले कञ्चनपुरको पुनर्वास क्षेत्रबाट बरामद गरेको करिब १८ किलो सुन भारतको दिल्लीबाट आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

हाल नेपालमा सुन आउने दुई वटा बाटो छन् । पहिलोः यूएई, कतार लगायतको मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भित्र्याउने र दोस्रो बाटो भनेको चीनको केरुङ नाका । यी दुवै बाटोबाट भित्रइने अधिकांश सुन भारतमै खपत हुने गर्छ ।

करिब ३८ क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानपछि विमानस्थलबाट सुन भित्रिन छोडेको अधिकारीहरु दाबी गर्छन् । तर, बिहीबार दिउँसो कञ्चनपुरमा ठूलो परिमाणमा सुन बरामद भएपछि त्यो सुन कहाँबाट भित्र्यिो भन्ने चासो उब्जिएको छ ।

अनुसन्धान अधिकारीहरुले भने त्यो सुन भारतको दिल्लीबाट आएको प्रारम्भिक निष्कर्ष निकालेका छन् । सामान्यताः नेपालबाट भारत लगायतका देशमा सुन पठाइन्छ । तर, भारतबाट कसरी यो सुन आयो त ? यसबारे अनुसन्धान गरिरहेका अधिकारीले त्यो सुन चोरीको हुनसक्ने आशंका गरेका छन् ।

यो पनि पढ्नुहोस कञ्चनपुरमा १८ किलो सुन बरामद

एक अनुसन्धान अधिकारीले भने, ‘यो सुन यहाँ व्यपारिक हिसाबले आएको होइन । भारतमा कुनै समूहबाट चोरी गरेर ल्याइएको हुनसक्ने देखिन्छ ।’

स्रोतका अनुसार एक भारतीय नागरिकले त्यो सुन कञ्चनपुरस्थित आफन्त कहाँ राखेका थिए ।

भारतीयले सुन राखेको सूचना पाएपछि बिहीबार बिहानैदेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोली खटिएको थियो । निर्मला हत्या प्रकरणको अनुसन्धानका क्रममा ब्यूरोका एसपी सुदिप गिरी र महाशाखाका डीएसपी रुगम कुँवरको टोली कञ्चरपुरमा कार्यरत् थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment