+
+
Shares

धनगढी उपमहानगरपालिका योजना कार्यान्वयनमा देशकै उत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन ३ गते १५:४४

३ फागुन, डोटी । नगरविकास कोषबाट सञ्चालित योजनाहरु कार्यान्वयनमा कैलालीको धनगढी उप-महानगरपालिका देशकै पहिलो भएको छ ।

नगरविकास कोषले देशमा रहेका २१७ वटा नगरपालिकाहरुमध्ये धनगढी कार्य सम्पादन, कार्यान्वयनका उत्कष्ट भएको हो । नगरविकास कोषले आफ्नो ३१ औं वार्षिकोत्सव कार्यक्रममा धनगढी उप-महानगरपालिकालाई सम्मान गरेको छ ।

कार्यक्रममा धनगढी उप-महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई सम्मानपत्र प्रदान गरिएको छ । शहरी विकासमन्त्री महम्मद इश्तियाक राईले उपमहानगर प्रमुख वडलाई प्रमाणपत्र प्रदान गरेका हुन ।

कार्यक्रममा शहरी विकासमन्त्री राईले धनगढी उप-महानगरपालिकाबाट सबैले सिक्नुपर्ने बताए । उनले भने, ‘स्थानीय तह बिच राम्रा सिकाइहरु हस्तान्तरण गरिनु पर्छ,’
उत्कृष्ट नगरपालिकाको रुपमा सम्मान ग्रहण गर्दा आफूहरुलाई थप हौसला प्राप्त भएको नगरप्रमुख वडले बताए ।

उनले कार्य सम्पादनका उत्कृष्ट काम गर्न सहयोग गर्ने नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?