Comments Add Comment

‘पट्यारिलो प्रतिक्षामा संगीतले साथ दिन्छ’

अर्जुन पोखरेल (संगीतकार) - संगीत सम्वाद

अहिलेका चर्चित संगीतकारमा गनिन्छन् अर्जुन पोखरेल । खासगरी चलचित्रमा रोमान्टिक गीत चाहियो भने निर्माता-निर्देशकले उनको खोजी गरिहाल्छन् ।

अर्जुनले थुप्रै चलचित्रमा हिट गीत दिएका छन् । पछिल्लो समय ‘क्याप्टेन’ को ‘रहर छ सँगै’ ले बजार पिटिरहेको छ । कतिले चाहिँ उनका गीतहरु एकैप्रकारका हुने भन्दै आलोचना पनि गर्छन् । यद्यपि, उनले लोकलयका गीतमा पनि आफूलाई प्रमाणित नगरेका भने होइनन् ।

उनै संगीतकार तथा गायकसँग गरिएको संगीत संवादः

तपाई कत्तिको संगीत प्रेमी ?

म एकदमै संगीतप्रेमी छु । यदी मैले संगीतलाई प्रेम गरिन भने कसरी काम गर्न सक्छु र हैन ?

अहिले तपाईको मुखमा झुण्डिएको गीत कुन छ ?

मेरो मुखमा अहिले तीन वटा गीत छन् । एउटा आˆनै गीत छ, ‘क्याप्टेन’को ‘रहर छ सँगै’ । अनि दुईवटा लोकगीत छन् । एउटा पुरानो गीत छ, ‘घाम जस्तो चम्किलो जुन हुँदैन’ र अर्को ‘सालको पात’ । यी तीनवटै गीत म गुन्गुनाई रहेको हुन्छु ।

गीत प्रायः के मा सुन्नुहुन्छ ?

विशेषगरी म गाडीमा हिँड्दा गीत सुनिरहेको हुन्छु । गाडीमा बस्दा एफएम लगाउँछु र त्यहाँ स्रोताको रोजाई अनुसार गीत बजिरहेका हुन्छन् । त्यसैले स्रोताको रोजाई बुझ्नलाई पनि रेडियोमा गीत सुन्छु । अनि बेलुका घरमा युट्यूबाट पनि सुन्छु ।

आफ्नो जीवनमा मेल खाने गीत बनाउनुभएको वा गाउनुभएको छ कि छैन ?

अहिले म एउटा गीत बनाइरहेको छु । त्यो गीत सबै अविवाहित व्यक्तीहरुको लागि हुनेछ । ‘कहिले गर्छौ बिहे’ बोलको गीत भएका कारण त्यो गीत मलाई पनि मेल खान्छ होला ।

तपाईले सुनेको पहिलो गीत कुन होला ?

सायद आमाले सुनाउनु भएको लोेरी नै होला ।

तपाईलाई मन पर्ने गीतकार, संगीतकार र गायक को-को हुनुहुन्छ ?

हामीले एक जनाको मात्र नाम लिन मिल्दैन । सबै जनाहरुले राम्रो गरिरहनु भएको छ ।

अहिलेसम्म मन परेको उत्कृष्ट ३ गीत ?

मेरो आफ्नो गीतमा ‘तिमी रोएको पल’ पर्छ । अरु दुई गीतमा ‘तिमी नभए जीन्दगानी काडा सरी छ’ र ‘जहाँ छन् बुद्धका आँखा’ एकदमै मन पर्ने गीत हुन् ।

कस्तो समय गीत सुन्न मन पर्छ ?

यदी म कसैलाई कुरिरहेको छु भने त्यो बेला गीत सुनेर टाइम पास गछु । अर्को शब्दमा भन्दा पट्यारिलो प्रतिक्षाको बेला संगीतले साथ दिन्छ ।

कुन जनराको गीतहरु बढी मन पर्छ ?

म रोमान्टिक गीत बनाउने मान्छे, त्यसैले पनि रोमान्टिक गीत मन पर्ने भइहाल्यो । त्योसँगै लोकगीतहरु मलाई एकदमै धेरै मन पर्छ । सम्रगमा सबै प्रकारको गीतहरु म सुनिरहेकै हुन्छु ।

तपाईलाई मन नपरेको चर्चित गीत कुनै छ ?

त्यस्तो छ छैन । किनभने गीत राम्रो नभइ हिट हुँदै हुँदैन । राम्रो भएपछि नै हिट हुने हो ।

तपाईलाई आˆनो स्वर कस्तो लाग्छ ?

मेरो स्वर लोक गीतको लागि सुहाउने स्वर छ । मेरो स्वरमा लोक टोन छ ।

हिन्दी तथा अग्रेजी गीत कत्तिको सुन्नुहुन्छ ?

सुन्छु । मैले भनिहाले, म सबै प्रकारको गीतहरु सुन्न रुचाउने मान्छे हो ।

तपाईलाई संगीतबाट अलग गरियो भने के होला ?

मलाई संगीतबाट अलग गरियो भने म बाँच्न नसक्ने हैन । तर, संगीतबाट म अलग त्यो बेला हुन्छु जब मैले काम कम गर्न थाल्छु । नत्र भने संगीतबाट अति विऽोही मान्छेहरु मात्र अलग हुन सक्छन् । मेरो मामिलामा चाहीँ भागवानले नै संगीत मोह चैट गरिदिए भने मात्र म त्यहाँबाट आउट हुन्छु । नत्र मेरो पूरा जीवन यहीँ समर्पित गर्ने सोचमा छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment