Comments Add Comment

किरण चेम्जोङले रवीन्द्र अधिकारीलाई भने : मन्त्रीज्यू , रंगशाला चाँडै बनाइदिनुस्

खेलाडी किरण चेमजोङलाई पोखरामा सम्मनित

Photo Credit : युनिस गुरुङ/अनलाइनखबर

९ फागुन, पोखरा । पोखरामा आयोजित आहा रारा गोल्ड कप फुटवलको उद्घाटनमा राष्ट्रिय फुटबल टिमका गोल रक्षक किरण चेम्जोङ सम्मानित भएका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै उनलाई आयोजक साहारा क्लबले सम्मान गरेको हो ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारले चेम्जोङलाई सम्मान पत्र र दोसल्ला ओदाएर सम्मान गरे । उनले सम्मानसहित ३५ हजार रुपैयाँ प्राप्त गरेका छन् । सम्मान ग्रहण गर्दै उनले पोखरा रंगशालाको भत्किएको प्यारापिटतर्फ इंगित गर्दै भने, ‘मन्त्री ज्यू । यो रंगशाला चाँडै बनाइदिनुस् ।’

खेलाडी चेम्जोङले आफूलाई पोखराबाटै अन्र्तराष्ट्रिय खेल खेल्न रुचि भएको मन्त्री अधिकारीलाई सुनाए । उनले भने, ‘यही पोखरेली रंगशालामै चाँडै अन्र्तराष्ट्रिय खेल खेल्न पाइयोस् ।’ बिहीबारदेखि सुरु भएको मन्त्री अधिकारीले आउँदो वर्षसम्म प्यारापिट पुन निर्माण भइसक्ने बताए ।

‘पोखरा खेल पर्यटनको हब बनिरहेको छ,’ मन्त्री अधिकारीले भने, ‘यो मात्रै होइन । यो भन्दा पनि ठूलो रंगशाला बनाउने हाम्रो सोच छ । तर त्यसका लागि संघ, प्रदेश र स्थानीय तहको समन्वय जरुरी छ ।’ उनले सरकारले व्यवस्थित रुपले संघीय संरचनालाई अघि बढाइरहेको हुनाले निराश नहुन पनि आग्रह गरे ।

गतवर्ष मंसिरमा पुरानो प्यारापिट भत्काएर नयाँ बनाउने भन्दै भत्काइएको थियो । तर त्यसको वर्षदिन बितिसक्दा पनि पुननिर्माण सुरु भएको छैन । विसं २०३९ बनेको स्टेडियमको विशिष्ट कक्ष विसं ०७२ सालको भूकम्पबाट क्षति पुगेको थियो ।

गएको पुस महिनामात्रै रंगशालाभित्र फुटबल मैदानसहितको प्यारापिट बनाउन राष्ट्रिय खेलकुद परिषद्, एमए कन्स्ट्रक्सन तथा भारतीय ग्रेट स्पोर्टस् इन्फ्रा (एमएजिएसआई) जेभीबीच सम्झौता भएको थियो । सम्झौता अनुसार एक अर्ब २८ करोड २० लाख रुपैयाँमा ६ महिनाभित्र स्टेडियम बनाइने भएको थियो ।

पोखरामा बिहीबारबाट सुरु भएको आहा रारा गोल्डकप १८ गतेसम्म चल्ने छ । मोफसलबाटै खेल क्षेत्रलाई अघि बढाउने र पोखरालाई खेल पर्यटनको केन्द्र बनाउने सहारा क्लबको लक्ष्य रहेको क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment