Comments Add Comment

ओस्कार अवार्डमा ‘ग्रीन बुक’ सर्वोत्कृष्ट घोषित

Photo Credit : Paul Drinkwater/NBC Universal

१३ फागुन, काठमाडौं । यस वर्षको ओस्कार अवार्डमा ‘ग्रीन बुक’ सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ । अमेरिकाको लस एन्जेलसमा आइतबार राति आयोजित ९१ औं ओस्कार अवार्ड समारोहमा यूनिभर्सल पिक्चर्सद्वारा निर्मित यस चलचित्रले बाजी मारेको हो ।

ग्रीन बुकले सर्वोत्कृष्ट चलचित्रसहित तीन वटा ओस्कार जित्यो । यस चलचित्रबाट अफ्रिकन मूलका अमेरिकी अभिनेता महेरसाला अलीले सर्वोत्कृष्ट सहायक अभिनेताको अवार्ड जिते । यसैगरी सर्वोत्कृष्ट मौलिक पटकथाको अवार्ड पनि ग्रीन बुकको नाममा रह्यो ।

सर्वोत्कृष्ट अभिनेताको अवार्ड भने ‘बोहेमियान रुहाप्सोडी’ बाट रामी मलेकले जितेका छन् । उनी यो विधामा पहिलोपटक मनोनयनमा परेका थिए । अवार्ड पाएपछि उनले आफ्नी आमालाई धन्यवाद दिएका छन् भने दिबंगत बाबुलाई सम्झेका छन् । सर्वोत्कृष्ट अभिनेताको विधामा क्रिस्चियन बेल, ब्राडले कुष्पर, विल्लेम डाफोई, भिग्गो मोर्टेसन पनि मनोनयन सुचीमा थिए ।

सर्वोत्कृष्ट अभिनेत्रीको विधामा ‘द फेभरेट’ बाट ओलिभिया कोलम्यानले अवार्ड पाएकी छन् । उनी पनि पहिलोपटक यो अवार्डका लागि मनोनयनमा परेकी थिइन् । उनले चारपटक बि्रटिस एकेडेमी अफ फिल्म अवार्ड जितिसकेकी छन् । यो विधामा यसपाली ‘द वाइफ’ बाट ग्लेन क्लोजलाई प्रमुख दावेदार ठानिएको थियो ।

यसैगरी अल्फोन्सो कुआरोन सर्वोत्कृष्ट निर्देशकको अवार्ड जिते । चलचित्र ‘रोमा’ बाट उनले यो अवार्ड पाएका हुन् । यसअघि सन् २०१४ मा पनि उनले यो अवार्ड जितेका थिए । कुआरोनले यसपाली सर्वोत्कृष्ट विदेशी भाषाको चलचित्रका लागि पनि अवार्ड जितेका छन् ।

यसैगरी सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड चलचित्र ‘इफ बियल स्टि्रट कुड टक’ बाट रिेगिना किङलाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment