Comments Add Comment

आलिया र रणवीरले तत्काल एकसाथ काम नगर्ने

बलिउडका हटकेक जोडी हुन्, रणवीर कपुर र आलिया भट्ट । यी दुइले खुलेरै आफ्नो प्रेमको बारेमा बताउन पनि थालेका छन् । यो जोडीले ‘ब्रह्मास्त्र’मा सँगै काम गरिरहेका छन् । यो चलचित्र पश्चात् उनीहरुले अर्को चलचित्रमा पनि काम गर्ने खबर बाहिरिएको थियो । तर, उनीहरुले यो कुरालाई अस्विकार गरेका छन् । भारतिय मिडियाका अनुसार ‘ब्रह्मास्त्र’पछि उनीहरुले कुनै पनि चलचित्रमा सँगै काम गर्ने उत्सुकता देखाएका छैनन् ।

रणवीर र आलियाका अनुसार पनि उनीहरु बिबाह पूर्व कुनै पनि काम सँगै गर्ने छैनन् । उनीहरु आफ्नो प्रेम सम्बन्धलाई छिट्टै बैबाहिक सम्बन्धमा परिणत गर्ने र त्यसपछि आएका अफरहरुमा भने काम गर्दै जाने समेत बताएका छन् । अब यी दुइको फ्यानलाई उनीहरुको बिहेको प्रतिक्षा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment