Comments Add Comment

बालाकोट आक्रमण: जैश–ए–मोहम्मदका वरिष्ठ कमाण्डर मारिएको भारतको दाबी

१४ फागुन, काठमाडौं । भारतले पाकिस्तानी सीमाको नियन्त्रण रेखा पार गर्दै आतंकवादी संगठन जैश–ए–मोहम्मदको अखडामा आक्रमण गरेको स्वीकार गरेको छ ।

मंगलबार विहान पाकिस्तानी सेनाले भारत–पाकिस्तान नियन्त्रण रेखा (एलओसी) उल्लंघन गरेर भारतीय वायुसेनाले घुसपैठ गर्न खोजेको बताएको थियो । जवाफमा तुरुन्त कारवाही गरेपछि भाग्ने क्रममा केही बम खसालेको तर, कुनै मानवीय क्षति नभएको पाकिस्तानी सेनाले दाबी गरेको थियो ।

लगत्तै भारतीय वायुसेनाका अधिकारीहरुले बालाकोटमा आक्रमण गरेको स्वीकार गरेका थिए ।

मंगलबार मध्यान्ह भारतीय विदेश मन्त्रालयका सचिव विजय गोखले वायुसेनाले जैशको सबैभन्दा ठूलो तालिम केन्द्रलाई निशाना बनाएर आक्रमण गरेको बताएका छन् ।

उनले भने, ‘विश्वसनीय सूचना थियो कि जैश–ए–मोहम्मद देशको दोस्रो ठाउँमा आत्मघाती आक्रमणको तयारी गरिरहेका थिए । सम्भावित आक्रमणलाई रोक्न जवाफी कारबाही जरुरी थियो ।’

कारबाहीमा जैशका चरमपन्थी, प्रशिक्षक र वरिष्ठ कमाण्डर मारिएको उनले दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment