+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

भारतले पाकिस्तानमा खसाएको बमले सल्लाको रुख भाँच्यो (४ तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १४ गते २०:२२

१४ फागुन, काठमाडौं । भारतले मंगलबार पाकिस्तानी भूमिमा वायु यानद्वारा बम हमला गरेको र करिब ३ सय आतंककारी मारिएको बताए पनि पाकिस्तान सरकारले कुनै मानवीय क्षति नभएको बताएको छ ।

भारतीय विमान पाकिस्तानी नियन्त्रण रेखाभित्र बालाकोट क्षेत्रमा प्रवेश गरेको भन्दै पाकिस्तानले आपत्ति जनाएको छ ।

यसैवीच पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले एक ट्विटमार्फत ४ वटा तस्वीरहरु सार्वजनिक गरेका छन् । ती तस्वीरमा भारतीय विमानले खसालेको बमले सल्लाका केही रुखहरु भाचिएका र जमीनमा खाल्डो परेको देखाइएको छ । साथै भारतीय विमानले खसाएको पेलोडको टुक्रासमेत तस्वीरमा देखाइएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता गफूरले भारतलाई पाकिस्तानले जवाफ दिने बताएका छन् । मंगलबार नै पाकिस्तानी सुरक्षा परिषदको आपतकालीन बैठक बसेको छ ।

पाकिस्तानी मिडियाहरुले पनि भारतीय विमान नियन्त्रण रेखाभित्र प्रवेश गरेको तर, कुनै मानवीय क्षति नभएको बताएका छन् ।

भारतीय मिडियाले भने तीन सय आतंककारी मारिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?