
१५ फागुन, काठमाडौं । भारतसँग बढ्दो तनावका बीच पाकिस्तानी प्रधानमन्त्री इमरान खानले देशबासीलाई सम्बोधन गरेका छन् र आफ्नो सेनाले जवाफ दिएको बताएका छन् ।
त्यसअघि पाकिस्तानले दुई भारतीय विमान खसालेको र एक पाइलट पक्राउ परेको बताएको थियो । भारतले पनि स्वीकार गरेको छ कि उसको एउटा विमानलाई पाकिस्तानले खसालेको छ र एक पाइलट वेपत्ता भएका छन् ।
यही बीचमा देशबासीलाई स्म्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरानले भनेका छन्, ‘हिजोदेखि जे अवस्था बनेको छ, त्यसबारे मलाई केही भन्नु छ । पुलवामापछि मैले हिन्दुस्तानलाई छानविनमा सहयोगको अफर गरेको थिएँ । मलाई थाहा छ कि यस्तो आक्रमणमा पीडित परिवारलाई कस्तो हुन्छ । यसैले मैले सिधासिधा अफर गरेको थिएँ । हामीले यसकारण भनेको थियौं कि हाम्रो जमीनको प्रयोग आतंकका लागि नहोस् ।’
तर, भारतले पाकिस्तानको सम्प्रभुता हनन गरेपछि जवाफ दिनु बाध्यता भएको बताएका छन् ।
‘हामी चुप बसेर आफैंलाई अपराधी बनाउन सक्दैनथ्यौं । हामीले बुधबार जवाफ दिएका छौं र भनेका छौं, तिमी हाम्रो देशमा आउन सक्छौं भने म पनि आउन सक्छु ।’
भारतमा चुनाव हुन लागेकाले कुनै न कुनै कारबाही हुन्छ भन्ने पूर्वानुमान रहेको उनले बताए ।
तर, पाकिस्तानमा कुनै क्षति नभएकाले जवाफी कारबाही नगरेको भन्दै प्रधानमन्त्री खानले सम्बोधनका क्रममा भनेका छन्, हामीले पर्खियौं र आज जवाफ दियौं ।’
पाकिस्तानी कारबाहीको जवाफ दिन दुई भारतीय मिग पाकिस्तानी सीमामा आएपछि खसालिएको प्रधानमन्त्री खानले बताए । उनले भने, पाइलट हामीसँग छ । म हिन्दुस्तानलाई भन्न चाहन्छु कि हामीले अक्कलको प्रयोग गर्न जरुरी छ ।’
विश्वमा मुद्दा हुने तर, त्यसले कहाँ लैजान्छ भन्ने नसोचेको भन्दै उनले भनेका छन्, ‘पहिलो विश्वयुद्ध छ महिनामा सकिनुपर्ने थियो तर, ६ वर्षसम्म चल्यो ।’
‘दोस्रो विश्वयुद्धमा हिटलरले सोचेका थिए कि म रुसलाई समाप्त पार्छु तर, उनले सोचेनन् कि रुसको गर्मी उनको विनाशको कारण बन्छ । वार अन टेररमा १७ वर्ष लाग्यो । के अमेरिकाले सोचेका थिए कि यति समय लाग्छ । भियतनाम वारमा यति समय लाग्छ भन्ने कसलाई थाहा थियो । युद्धबारे अंकलन गर्नु गलत हुन्छ ।’
पाकिस्तानी प्रधानमन्त्री खानले भनेका छन्, के हामीले अहिले सोच्नु पर्दैन कि लडाई बढ्यो भने कहाँ पुग्छौं ? न मेरो न मोदीको नियन्त्रणमा हुन्छ । यसैले जब हामी तयारी अवस्थामा बस्यौं र भन्यौं कि पुलवामाको घटनाले तपाईहरुलाई दुःख भयो । आतंकवादबारे कुनै प्रकारको सम्वाद हुनुपर्छ ।’
बीबीसी हिन्दीको सहयोगमा
प्रतिक्रिया 4