Comments Add Comment

पाकिस्तानले आफ्नो बिमान खसाएको भारतको स्वीकारोक्ति

१५ फागुन, काठमाडाैं । पाकिस्तानी वायू सेनाले आफ्नो लडाकु विमानमा आक्रमण गरेर खसाएको भारतले स्वीकारेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले एक पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन् ।

उनले भारतको एयरस्ट्राइकको जवाफमा पाकिस्तानले एक्सन लिएको पुष्टि गरे । साथै आफ्नो सेनाले पनि पाकिस्तानको लडाकु बिमान खसाएको उनले दावी गरे ।

रवीश कुमारले भने, ‘पाकिस्तानको कारवाहीमा भारतको एउटा मिग विमान ध्वस्त भयो र हाम्रो एक पाइलट बेपत्ता छन् ।’

यसअघि पाकिस्तानले दुईवटा भारतीय बिमानलाई खसाएको र एक पाइलटलाई नियन्त्रणमा लिएको बताएको थियो । पाकिस्तानी सेनाले एउटा ४६ सेकेन्डको भिडियो पनि सार्वजनिक गरेको छ ।

भिडियोमा आँखामा पट्टी बाँधिएको एक व्यक्ति देखिन्छन् । उनी भारतीय वायूसेनाका विङ कमान्डर अभिनन्दन भएको बताइएको छ । भिडियो उनले भन्छन्, ‘म भारतीय वायूसेनाको एक अधिकारी हुँ । मेरो सर्भिस नम्बर २७९८१ हो ।’

भारतीय पक्षबाट भने यो भिडियोको विषयमा प्रतिक्रिया आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment