
२१ फागुन, काठमाडौं । काठमाडौं-१५, स्वयम्भुमा मादक पदार्थ सेवन गरेर अपरिचत व्यक्तिको घरमा छिरेका सशस्त्र प्रहरी बलका एक कर्मचारीलाई स्थानीयले नेपाल प्रहरीको जिम्मा लगाएका छन् ।
सशस्त्र प्रहरीका सहायक हवल्दार शंकर श्रेष्ठ मासपे गरेर स्थानीय दामोदर ढुंगानाको घरमा छिरेपछि चोर भएको आशंकामा उनीहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।
महानगरीय प्रहरी वृत्त, स्वयम्भु लैजाने क्रममा स्थानीयले उनको साथमा गएको परिचय पत्र पनि फेला पारेपछि उनी सुरक्षाकर्मी भएको खुलेको थियो । स्वयम्भुका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुधीरराज शाही भन्छन्, ‘अहिले उपचारका लागि उहाँलाई ट्रमा सेन्टरमा लगिएको छ ।’
स्थानीयका अनुसार मानिसहरुको भिड जम्मा गएपछि श्रेष्ठ घरमाथिबाट हाम फालेका थिए । त्यसक्रममा उनी घाइते भएका हुन् ।
स्वयम्भु वृत्तका प्रहरी अधिकारीहरुसँग बयान दिने क्रममा उनले आफू साथीको घर भनेर छिरे भए पनि गलत ठाउँ परेको बताएका छन् । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4