Comments Add Comment

‘लभ स्टेशन’मा प्रदिप र जसिताको प्रेम र विछोडको कथा

नायक प्रदिप खड्का र नायिका जसिता गुरुङलाई मुख्य रुपमा देखाइएको चलचित्र ‘लभ स्टेशन’को ट्रेलर आज सार्वजनिक भएको छ । चैत्र २२ गतेबाट रिलिज हुने यो चलचित्रमा प्रदिप र जसिताको साथमा प्रकाश शाह, रमेश वुढाथोकी, सिरु बिष्ट, प्रिया रिजाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रको ट्रेलरमा जसिता र प्रदिपको प्रेम, प्रदिपको एउटा मिसन, विछोड र कमेडीलाई स्थान दिएको छ । यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रको ट्रेलर राम्रो छ । साहिल खानले काटेको ट्रेलरलाई एउटा बहावमा बगाइएको छ ।

चलचित्रमा गोविन्द शाही, काफिया शाही र कविरविक्रम शाहीको लगानी छ । सुवास सिंह बस्न्यातले लेखेको यो चलचित्रमा आलोक शुक्लाको छायांकन, कुमार श्रेष्ठको एक्सन, अर्जुन जीसी र लोकेश बज्रचार्यको सम्पादन छ ।
चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै यसलाई प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment