Comments Add Comment

यी हुन् विश्वकै मेहेनती सीइओ, आफैं जोड्छन् स्मार्टफोनका पार्टपूर्जा

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीका सिइओ ली जुन कठोर परिश्रम गर्ने मामिलामा विश्वमै चर्चित छन् । कम्पनीको उन्नति तथा प्रगतिका लागि उनले कुनै कसर बाँकी राख्दैनन् ।

उनी अहिले पनि कम्पनीका अन्य कर्मचारी तथा कामदार सँगै फूल टाइम काममा खटिन्छन् । हालै उनले सोसल मिडियामा यस्तो पोस्ट गरेका छन्, जसले उनको निकै तारिफ भएको छ ।

उनको पोष्टले शाओमी कम्पनीका फ्यान तथा कम्पनीमा कार्यरत कर्मचारीहरुको हौसला बढाइदिएको छ । लीजुनले सोमबार चिनिया सोसल साइट विबोमा एउटा पोस्ट गरेका छन् । शाओमीका फ्यान तथा उपभोक्ताहरुलाई आश्वस्त पार्दै उनले आफ्नो पोस्टमा लेखेका छन्, ‘यदि सुरुकै महिनामा एम आइ ९ स्मार्टफोनको स्टक १० लाख गोटाभन्दा कम भयो म आफै कारखानामा जानेछु र स्क्रूड्राइभर लिएर मोबाइल फोन बनाउने काम गर्नेछु ।’

कतिपयलाई शाओमीका सिइओको यो भनाई मजाक पनि लाग्न सक्दछ । तर शाओमीका प्रडक्ट म्यानेजर वांग तेंग थोमसका अनुसार सिइओ ली जुनले आफ्ना हरेक भनाईहरुलाई गम्भीरताका साथ लिन्छन् । थोमसले ली को एउटा फोटो पनि शेयर गरेका छन् । जसमा ली ले हातमा स्क्रूड्राइभर लिएर कम्पनीको एसेम्बलिङ्ग प्लान्टमा काम गरिरहेका देखिन्छन्।

यद्यपि यो फोटो एम आई नाइन स्मार्टफोन एसेम्बल गरिरहेकेा होइन, सन् २०१३ को हो । त्यतिबेला उनले एम आइ राउटरको एसेम्बलिङ्ग गर्दै थिए ।

शाओमीको बहुप्रतिक्षित एमआई नाइन स्मार्टफोनको पहिलो फ्लास सेल मार्चको पहिलो हप्ताबाटै हुँदैछ । शाओमी चिनिया बजारमा मात्र नभै विश्वव्यापी रुपमा आफ्नो स्थिति मजबुत बनाउने तर्फ लागिरहेको छ । विश्व स्मार्टफोन बजारमा शाओमी ९ प्रतिशत भन्दा धेरै हिस्सा सहित चौथो स्थानमा रहेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment