Comments Add Comment

टीकापुर घटनाः रेशम चौधरीसहित ११ जनालाई जन्मकैद

लक्षण थारु छुट्दै

२२ फागुन, कैलाली । जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ ।

न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेेस्तेदार इन्द्रबहादुर कठायतले बताए ।

लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएको छ । उनले तीन वर्ष जेल बसिसकेकाले आजै रिहा हुने भएका छन् ।

मधेसी-थारु आन्दोलनका क्रममा ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक झडपमा नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको मृत्यु भएको थियो ।

घटनापछि फरार भएका चौधरी कैलाली १ मा राजपाबाट प्रतिनिधिसभा सदस्यको चुनाव जिते । वारेसमार्फत चुनाव जितेको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतसम्म गएका चौधरीले मुद्दा हारेपछि १४ फागुन २०७४ मा जिल्ला अदालत कैलाललीसामू आत्मसमर्पण गरेका थिए ।

तर, जेलमै रहेका बेला १९ पुस २०७५ मा सरकारकै जोडबलमा चौधरीले सांसदको सपथ लिए । सपथपछि पनि जेलमै रहेका बेला जिल्ला अदालत कैलालीले चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ ।

ककसलाई भयो जन्मकैद ?

जिल्ला अदालतले चौधरीसँगै हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृजमोहन डगौरा, रनजेश चौधरी, वीरबहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भन्ने सीताराम चौधरी, श्रवण चौधरी र गंगारमक डगौरा चौधरीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (३०) अनुसार जन्दकैलको सजाय सुनाएको हो । उनीहरु मध्ये श्रवण नावालक भएकाले बालबालिकासम्बन्धी ऐन २०४८ को दफा ११ (३) अनुसार १० वर्ष मात्र कैद हुनेछ ।

लक्षण थारु छुट्दै

जिल्ला अदालतले लक्षण थारुसहित १२ जना प्रतिवादीलाई तीन वर्ष कैद सजाय सुनाएको छ । लक्षणसँगै लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तराम चौधरी, विश्राम भन्ने जीतबहादुर डगौरा, प्रेमबहादुर चौधरी, किशानलाल चौधरी, दिलबहादुर चौधरी, संगम भन्ने सन्तोष थारु चौधरी, विश्राम चौधरी, चुन्कीराम चौधरी र रामप्रसाद चौधरीलाई यो सजाय सुनाइएको हो ।

१२ जना मध्ये ११ जना आजै थुनामुक्त हुनेछन् भने चुन्नीराम ३० गते थुनामुक्त हुनेछन् । अर्का प्रतिवादी करन चौधरीलाई ६ महिना कैद सजाय सुनाइएको छ । उनले यो सजाय भुक्तान गरिसकेकाले आजै छुट्ने छन् ।

अदालतले नरुल अलि जाथा भन्ने तहाँवर अली जागा, विसराम चौधरी (कुस्मी) र रामनरेश चौधरीलाई सफाइ दिएको छ ।

यो मुद्दामा अभियुक्तहरुलाई कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र डाँकाचोरीको मुद्दा लगाइएको थियो तर, सबैले डाँकाचोरीतर्फ सफाइ पाएको अदालततको फैसलामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment