+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
6/0 (0.4)
Shares

२ किलो सुन र चाँदीका भाँडासहित दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २३ गते ११:४८

२३ फागुन, कैलाली । कैलाली प्रहरीले सुन र चाँदीका सरसामानसहित दुईजनालाई पक्राउ गरेको छ ।

लम्की चुहा नगरपालिका-३ चिसापानी प्रहरी चेक पोष्टमा सवारी जाँचका क्रममा २ किलो २३२ ग्राम सुनसहित धनगढी उपमहानगरपालिका-१ का ४५ वर्षीय रमेशकुमार सैजु र कैलारी गाउँपालिका-५ की २५ वर्षीय सीताकुमारी चौधरीलाई कारमा आइरहेको अवस्थामा प्रकाउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले उनीहरुको साथबाट बा१च ७४१३ नम्बरको कारसहित चाँदीको करुवा १० वटा, चाँदीकै बडर भएको काठको फ्रेम ४३, टिकादानी १२, चाँदीको सतपाला ७, चाँदीको आचमनी र पञ्चपाक ३२/३२ थान, १८ वटा नगसहितको औठी र तीन थान मोवाइल बरामद गरेको छ ।

पक्राउ परेका दुबैजनालाई बरामद सामानसहित थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान विभाग मध्य तथा सुदूरपश्चिमाञ्चल कार्यालय कोहलपुर पठाइने प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?