Comments Add Comment

अमिताभसँग काम गरेपछि मौनीको तर्क–‘अब खुशीका साथ मर्न सक्छु’

टेलिभिजन दुनियाँका लागि मौनी रोयको नाम अपरिचित होइन । उनी, ‘नागिन’ जस्तो सफल सिरियलकी मुख्य पात्र हुन् । उनै, मौनी अहिले चलचित्र ‘ब्रम्हास्त्र’मा काम गरिरहेकी छिन् । उनले, बलिउड चलचित्र ‘गोल्ड’बाट ठूलो पर्दामा पाइला राखेकी थिइन् ।

यो चलचित्रमा नायक अमिताभ बच्चनसँग पर्दा शेयर गरेकी मौनी खुशीले दंग छिन् । उनले, एक पत्रिकासँग गरेको कुराकानीमा भनेकी छिन्–‘म अब खुशीका साथ मर्न सक्छ । किनकी, मैले अमिताभ बच्चनसँग काम गर्ने सपना पुरा गरेकी छु । म चलचित्रको सेटमा के गर्ने के नगर्ने भन्ने दोधारमा रहन्थेँ ।’

मौनीले नायक रणवीर कपुर र नायिका आलिया भट्टको पनि खुलेर प्रशंसा गरिन् । उनले भनिन्–‘उनीहरु निकै ठूला स्टार हुन् । तर, उनीहरुको व्यवहार निकै साधारण र विनम्र थियो ।’ चलचित्र ‘ब्रम्हास्त्र’ क्रिसमसमा रिलिज हुँदैछ । मौनी यो चलचित्रलाई लिएर निकै उत्साहित पनि छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment