Comments Add Comment

सीके राउत मधेस राजनीतिको तेस्रो धार !

२५ फागुन, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित पत्रिकाहरुले सरकार र सीके राउतसँग भएको राजनीतिक सहमतिलाई महत्वका साथ छापेका छन् । कान्तिपुर दैनिकले ‘राउतले छाडे विखण्डनको मुद्दा’ शीर्षकमा समाचार छापेको छ । नागरिक दैनिकमा ‘सीकेको सेफ ल्याण्डिङ’ शीर्षकमा र अन्नपूर्ण पोष्ट दैनिकमा ‘मूलधारतिर सीके राउत’ शीर्षकमा समाचार कभरेज गरिएको छ ।

तर, नयाँ पत्रिका दैनिकले भने सीके राउतसँग दोहोरो अर्थ लाग्ने सहमति भएको भन्दै फरक ढंगले समाचार छापेको छ । ‘सिके राउतसँग द्विअर्थी सहमति’ शीर्षकको समाचारमा सिके राउतले राज्यले जनमतसंग्रह स्विकारेको दाबी गरेका छन् भने प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले भने जनमतसंग्रह सहमति पत्रमा उल्लेख नै नगरिएको बताएका छन् ।

सरकारसँग सहमति भएलगत्तै राउतले फेसबुक पेजमा आफूहरुले उठाउँदै आएको स्वतन्त्र मधेसको मागबारे जनमतसंग्रहबाट टुंगो लगाउन सरकार तयार रहेको लेखेका छन् । सहमतिको बुँदा नम्बर २ मा ‘तराई-मधेस लगायतका बिभिन्न स्थानमा रहेका असन्तुष्टिलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत’ भएको उल्लेख छ । यही वाक्यांशलाई राउतले जनमसंग्रहको रुपमा ब्याख्या गरेका हुन् ।

तर, प्रधानमन्त्रीका सल्लाहकार रिमालले भने राउतको व्याख्याप्रति असहमति जनाएका छन् । रिमालले नयाँ पत्रिकासँग भनेका छन्, सहमतिका बुँदामा भएभन्दा बाहेक सिके राउत समूहसँग यदि, तर, कमा, फुलिस्टप, कुनै पनि प्रकारको सहमति भएको छैन ।’

मधेसमा तेस्रो धार हुन सक्ने

अमेरिकामा वैज्ञानिकका रुपमा कार्यरत सप्तरीको महदेवाका डा. सीके राउत सन् २०११ मा नेपाल फर्किएर स्वतन्त्र मधेसको अभियान चलाएका थिए । स्वतन्त्र मधेस गठबन्धनको नामबाट गतिविधि गरेपछि उनलाई सरकारले देश बिखण्डनको गतिविधि गरेको भन्दै पटक पटक पक्राउ गरेको थियो ।

कान्तिपुर दैनिकले अब सीके राउत मधेसमा तेस्रो धार हुन सक्ने समाचार दोस्रो पृष्ठमा छापेको छ । अहिले भइरहेका दलमा प्रवेश नगरे राउतको रोजाइ मधेसकेन्दि्रत नयाँ दलको गठन हुन सक्छ । ‘शुक्रबारको सभासम्म उनले आगामी कदमबारे स्पष्ट गरिसकेका छैनन्,’ कान्तिपुरले लेखेको छ, ‘प्राध्यापक सुरेन्द्र लाभले राउत मधेसमा तेस्रो धारको रुपमा उदाउन सक्ने आंकलन गरे । फोरम र राजपासँगै एउटा दल थपिने उनले अनुमान लगाए ।

यद्यपि विखण्डनको पाठ रटाएका आफ्ना अनुयायी युवा पंक्तिलाई सम्झाउन राउतलाई चुनौती हुने अनुमान पनि प्राध्यापक लाभले गरेका छन् ।

हेर्नुहोस् आजका पत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment