+
+
Shares

वसुन्धरा विस्फोटको जिम्मा विप्लव समूहले लियो

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २५ गते २३:०७

२५ फागुन, काठमाडौं । बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा भएको विस्फोटको जिम्मेवारी नेकपा विप्लव समूहले लिएको छ ।

बसुन्धरास्थित गुरुङको घरको ग्यारेजमा पार्किङ गरिराखेको ल्याण्डक्रुजर गाडीमा शुक्रबार साँझ बम विस्फोट भएको थियो । विस्फोटपछि आगलागी समेत भएको थियो ।

घटनामा चार जना घाइते भएका थिए ।

विप्लव समूहसम्बद्ध युवा संगठन नेपालले विस्फोटको जिम्मा लिएको छ । मध्य केन्द्रीय कमाण्डका सचिव शिशिरले विज्ञप्ति जारी गर्दै घटनाको जिम्मा लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?