+
+
Shares

देश मेरो होइन भन्नेलाई गोली हान्नुपर्छः दिपकराज गिरी

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २७ गते ११:२६

समसामयिक विषयहरुमा सामाजिक सञ्जालमा मुख खोल्न नहिच्कचाउने कलाकार हुन् दिपकराज गिरी । फेसबुकमा उनले लेख्ने स्टाटसहरुले ताली र गाली दुवै पाउने गर्छन् ।

दिपकले आज मात्रै सिके राउतलाई लक्ष्यित गरेर आज एउटा कडा स्टाटस लेखेका छन् । स्टाटसमा उनले देश विखण्डन गर्न चाहनेहरुलाई गोली ठोक्नुपर्ने बताएका छन् । दिपकले लेखेका छन्, ‘देशले अन्याय गरेको छ भने बोलिहाल्नुपर्छ । देशै मेरो होइन भन्नेलाई चाहिँ गोली हान्नुपर्छ ।’

सिके राउतले तीन दिन अगाठिड सरकारसँग अब स्वतन्त्र मधेसको आन्दोलन त्याग्ने भनेर सम्झौता गरेका थिए । तर, सम्झौताको मसी सुक्न नपाउँदै उनको कार्यकर्ताले तर्राइमा स्वतन्त्र तराईको नारा लगाउन थालेका छन् र यसमा राउतकै मौन समर्थन देखिएको छ । यसैलाई लिएर दिपकले उक्त स्टाटस लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?