Comments Add Comment

‘प्ले ब्वाई’ रणवीरको ब्रेकअपको भित्री कथा

अनलाइनखबरले साप्ताहिक रुपमा सुरु गरेको ‘सेलिब्रिटीको ब्रेकअप कथा’मा आज हामी बलिउडका चर्चित नायक रणवीर कपुरको प्रेम र ब्रेकअपको कुरा गर्नेछौ । बलिउडमा नायक कपुरलाई ‘प्ले ब्वाई’ भनेर पनि सम्बोधन गरिन्छ । कारण, उनले धेरै युवतीहरुसँग धोकाको प्रेम गरेका छन् । रणवीर कपुरको जीवनमा मिडियामा आएको प्रेम कहानी थोरै छ । तर, उनको भित्री जीवनको बारेमा वुझ्नेहरु उनलाई ‘प्ले ब्वाई’ भन्छन् ।

बलिउडमा प्रवेश गरेसँगै उनको नाम नायिका सोनम कपुरसँग जोडिएको थियो । सोनम र रणवीरले चलचित्र ‘सावारिया’ नामक चलचित्रबाट आफूलाई बलिउडमा प्रवेश गराएका थिए । यो चलचित्रको समयमा रणवीर र सोनम गहिरो प्रेममा थिए भनिन्छ । तर, यी दुइको प्रेम मिडियामा भने खुलेर सार्वजनिक भएन ।

रणवीरको प्रेम नायिका दिपिका पादुकोणसँग सर्वाधिक चर्चामा रह्यो । ६ बर्ष लामो प्रेम सम्बन्धमा उनीहरु बैबाहिक मोडमा पनि पुगेका थिए । तर, प्रेममा असमझदारी आयो र उनीहरु अलग भए । एक अन्र्तवार्तामा दिपिकाले आफ्ना प्रेमी अर्कै यूवतीसँग मस्ती गरिरहेको देखेपछि आफ्नो मन टुक्रिएको बताएकी थिइन् । रणवीरले दिपिकासँग प्रेम गर्दा बाहिरी यूवतीसँग सम्बन्ध राखेपछि उनीहरुको प्रेममा फाटो आएको थियो । नाम बारम्बार आइरहेको थियो । उ हुन्, कट्रिना कैफ । रणवीर र कट्रिना नजिएको दिपिकाले थाहा पाएसँगै उनीहरु टाढिएका थिए ।

हुनत, दिपिकासँग प्रेममा रहँदा नै रणवीरले नायिका कट्रिना कैफसँग सम्बन्ध अगाडि बढाएको चर्चा थियो । अन्ततः यो जोडी पनि ६ बर्ष भन्दा बढी प्रेममा रमाएको थियो ।  रणवीर र कट्रिना सन् २००९ मा चलचित्र ‘अजब प्रेमकी गज्जब काहानी’को छायांकनको समयमा नजिकिएका थिए ।

अन्ततः सन् २०१० मा रणवीर र दीपिका एक आपसमा छुट्टिए । उनीहरु बीचको गहिरो प्रेमको पनि अन्त्य भयो । दिपिकाले त रणवीरको नाममा आफ्नो पिढ्युमा ट्याटु समेत खोपेकी थिइन् । तर, त्यो सबै बेकार भयो ।
दिपिकासँगको ब्रेकअपसँगै कट्रिनालाई रणवीरसँग नजिक हुने मौका मिल्यो । बिस्तारै, उनीहरुमा पनि प्रेमको टुसा पलायो । उनीहरु गुपचुप रुपमा एक अर्काको प्रेममा रमाइरहेका थिए । यो कुराको मिडियामा समचार आएपनि उनीहरुले स्विकारेका थिएनन् ।

तर, एक तस्विरले उनीहरुको प्रेमलाई छाताछुल्ल बनाइदियो । समुन्द्रमा पुगेर खिचिएको विकिनी तस्विरले कट्रिना र रणवीरको प्रेमलाई प्रस्ट पारिदियो । त्यसपश्चात् भने उनीहरुले आफ्नो प्रेम स्विकारेका थिए । रणवीरका बुबा ऋषि कपुर पनि उनीहरुको प्रेममा खुसी थिए । परिवारमा पनि उनीहरुको आवत जावत भइरहन्थ्यो ।

तर, रणवीर कट्रिनाको प्रेम पनि लामो समय टिकेन । उनीहरु सन् २०१६ को सुरुवातसँगै छुट्टिए । उनीहरूको ब्रेकअपको कारण कट्रिनाको पूर्व प्रेमी सलमान भएको बुझिएको छ । रणवीर र कट्रिनाको प्रेममा पनि शंकाले नै बढी बास गर्यो । कट्रिना अहिले रणवीरसँगको प्रेम संझन पनि चाहन्नन् ।

रणवीरको प्रेम कट्रिनासँग छुट्टिएसँग पाकिस्तानी नायिका माहिरा खानसँग चलेको चर्चा पनि भयो । माहिरा र रणवीरले अमेरिकामा एकसाथ चुरोट तान्दै गरेको तस्बिर सार्वजनिक भएपछि उनीहरुविच प्रेम रहेको चर्चा भयो । तर, यो चर्चा यसै सेलायो ।

रणवीर अहिले नायिका आलिया भट्टको प्रेममा छन् । तर, आलियासँग रणवीरको खटपटको खबर पनि सार्वजनिक भैरहन्छ । रणवीरको विगत हेर्दा पनि धेरैले आलियासँग उनको सम्बन्ध लामो टिक्दैन भन्ने गर्दछन् । तर, रणवीर यसपटक भने आफू प्रेममा गम्भिर रहेको बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment