+
+
Shares

विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने सामर्थ्य सरकारमा देखिएन : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २९ गते १८:०५

२९ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन सरकारलाई आग्रह गरेको छ ।

बुधवार कांग्रेसको केन्द्रीय कार्यलय सानेपा ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘हे कम्युनिस्ट पार्टी तिम्ले नै बोकेको रेड बुक पढेर हुर्केकाहरुलाई विश्वासमा लिएर आउ ।’

१२ बुँदे सहमतिमार्फत तत्कालीन नेकपा माओवादीलाई कांग्रेसले शान्तिपूर्ण राजनीतिमा ल्याएको उल्लेख गर्दै प्रवक्ता शर्माले त्यसबाट पाठ सिक्नसमेत सत्तारुढ नेकपा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

‘नेपाली कांग्रेसले पहाड जत्रो आकारमा पुगेको माओवादी आन्दोलनलाई पनि शान्तिपूर्ण रुपमा रुपान्तरण गर्ने सामथ्र्य राखेथ्यो’, प्रवक्ता शर्माले भने, ‘आज त्यो सामथ्र्य नेपालको कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीज्यूमा देखिएन ।’

कांग्रेस आफैँ भने अस्पष्ट !

विप्लव समूहमाथि प्रतिबन्ध लगाउने सरकारको यो कदममा कांग्रेसको समर्थन छ कि छैन ? भन्ने पत्रकारको प्रश्नमा प्रवक्ता शर्माले प्रष्ट जवाफ दिएनन ।

‘सबै प्रश्नको उत्तर ठीक र बेठीक भन्ने मात्रै आउँदैन नि त । तपाईंले श्रीमतीजीलाई पिट्न छो्ड्नुभयो ? भन्दा हो या होइन भन्ने उत्तर कसरी दिन सक्नुहुन्छ ?’ प्रवक्ता शर्माले ठट्टा गरे ।

उनले शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी सरकारको भएकोले त्यस हिसाबले कतिपय अवस्थामा सरकार जिम्मेवार र कठोर

बन्नुपर्ने बताए । तर, राजनीतिक विद्रोहको समाधान भने शान्तिपूर्ण रुपमा हुनुपर्ने उनको भनाइ थियो ।

प्रवक्ता शर्माले यही फागुन २४ गते सरकार र स्वतन्त्र मधेश गठबन्धनका बीच भएको सम्झौताको साझा ब्याख्या गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?